दंगीशरण–६ का किसानलाई ५ लाख बराबरको कृषी औजार वितरण

तुलसीपुर, २५ जेठ ।  दाङको दंगीशरण गाउँपालिका–६ मा मकै पकेट क्षेत्रका किसानलाई कृषी औजारका सामाग्री वितरण गरिएको छ । मकै पकेट विकास क्षेत्र कार्यक्रम अन्र्तगत पालिकाको कृषी शाखा र त्रिशक्ती कृषी शहकारीको ५०÷५० प्रतिशत लगानीमा सामाग्री खरिद गरी किसानलाई वितरण गरिएको वडाअध्यक्ष रोशनजंग शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार एउटा कल्टिभेटर, एकथान मिल, ४५ थान त्रिपाल, १० वटा १ इन्चको मोटर, १० वटा स्प्रे ट्याङ्की वितरण गरिएको हो । मकै पकेट क्षेत्रमा उत्पादन बढाउने र किसानलाई कृषी पेशाप्रति आकर्षण गर्ने उदेश्यले कृषी सामाग्री वितरण गरिएको वडाअध्यक्ष शाहले बताउनुभएको छ ।।

प्रकाशित मिति : २०८१ जेष्ठ २५ गते शुक्रवार
प्रतिक्रिया