गरिब बालबालिकालाई स्कुल पोशाकको व्यवस्था म गर्छु : मेयर पाण्डे

 

तुलसीपुर, ३० बैशाख
तुलसीपुर उपमहागनरपालिकाले वडा नं. १ मा रहेका अति गरिब तथा विपन्न वर्गका बालबालिकालाई निशुल्क स्कुल पोशाकको व्यवस्था गर्ने भएको छ । गरिब बालबालिकालाई शिक्षाको मूल धारमा ल्याउने उद्देश्यले उनिहरुको पहिचान गरी स्कुल पोशाक वितरण गर्न लागिएको तुलसीपुर उपमहागनरपालिकाका मेयर घनश्याम पाण्डेले बताएका छन् । मेयर पाण्डेका अनुसार नितान्त त्यस्ता बालबालिका गरिब, विपन्न र असाहय हुनु पर्ने छ । त्यस्ता बालबालिकाको पहिचान तथा छनौट, सम्बन्धित विद्यालय र जनप्रतिनिधिले गर्नेछन् । आइतबार एक नम्बर वडामा आयोजना गरिएको शिक्षा सम्बन्धि अन्र्तक्रिया कार्यक्रममा विद्यालयका प्राधानाध्यापकहरुले गरिबीका कारण कतिपय बालबालीकाहरु स्कुल सम्म आउन नसकेको बताएपछि मेयर पाण्डेले उनिहरुलाई उत्साहित र हौसला प्रदान गर्न यस्तो योजना अघि सारेको बताएका छन् । ‘गरिब तथा विपन्न बालबालिकाको हकमा मैले के सहयोग गनुपर्छ त्यो गर्न तयार छु ,’ मेयर पाण्डेले भन्नुभयो, ‘शिक्षालाई सुधार गर्ने काम तपाईहरुले गनुहोस ।’
सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रअ सदस्य रहने गरी वडा अध्यक्षको संयोजकत्वमा वडा स्तरीय शिक्षा समिति गठन गर्ने, सबै विद्यालयहरुबाट विद्यालय सुधार योजना बनाई लागु गर्ने र भर्ना अभियानलाई पूर्ण रुपले सहयोग गरी वडालाई पूर्ण विद्यार्थी भर्ना वडा घोषणा गर्ने, विद्यालयको आगामी योजना, सुधार गर्नु पर्ने पक्ष र समस्यालाई एकिकृत गरी उपमहानगरपालिकामा पेश गर्ने निकर्ष समेत निकालिएको छ ।
वडा अध्यक्ष लक्ष्मण भण्डारीको अध्यक्षता एव्म मेयर घनश्याम पाण्डेको प्रमुख आथित्यमा भएको कार्यक्रममा विरेन्द्र माध्यामिक विद्यालयका मदनकुमार शर्मा, सृजनशिल आधारभूत विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद भण्डारी, बाल प्रावि कुमाल गाउँका प्रकाश पाण्डे, सामुदायिक बाल चेतना प्रावि गैरासिउरेका नामकली योगी, सामुदायिक बाल धारापाी प्रावि दमारगाउँका कुलराज न्यौपाने, श्री बाल प्रावि अविधाराका प्रधानाध्यापक परमेश्वर पाण्डेले आ–आफना विद्यालयका गतिविधिका बारेमा जानकारी गराएका थिए ।
सो अवसरमा तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखा प्रमुख भाष्कर गौतम, प्रेस संयोज वसन्त विवश आचार्य, टिचफर नेपालका कृष्ण केसी, विरेन्द्र माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुडामणी ढकाल लगाएतले बोलेका थिए । त्यस वडामा एउटा माध्यमीक विद्यालय सहति ६ वटा विद्यालय रहेका छन् ।

 

 

प्रकाशित मिति : २०७५ बैशाख ३० गते आइतवार
प्रतिक्रिया