तुलसीपुर, ३० बैशाख ।
चमेरेगुफामा हुन लागेको ऐतिहासीक महोत्सवको तयारीलाई तिव्र पारिएको आयोजकले बताएको छ । यहि जेठ १ गते तुलसीपुर ४ मुल्कोटको पानी मुहान नजिकै भुयार थानको पुजाको अवसर पारी चमेरेगुफामा महोत्सवको आयोजना गरीएको छ । महोत्सवको प्रचारप्रसार, गुफामा रङरोधन, सरसफाई र गुफा सजावट जस्ता कार्यहरु भईरहेको आयोजक मुल्कोट टोल विकास संस्थाका अध्यक्ष ऋषिराम पुनले जानकारी दिएका छन् ।
उनका अनुसार महोत्सवलाई सफल पार्नका लागी विभिन्न कार्यहरु तिव्र रुपमा भईरहेका छन् ।पर्यटकीय गन्तव्य स्थलका रुपमा परिचित गुफालाई उक्त दिन विशेष अवलोकनका रुपमा लिईने भएको छ ।गुफा सम्म पुग्नलाई तुलसीपुर सल्यानरोड हरनेटी हुदै गुफा सम्म सडक विस्तार भए पनि हाल महोत्सवलाई मध्यनजर गदै राप्ती आँखा अस्पताल रक्षाचौर घोरानेटी हुदै चमेरेगुफा र पर्सेनी ,बनहरी, सुकिदह, लामीदमार, तरुले हुदै गुफा सम्म पुग्नका लागी सडक बाटो मर्मत कार्य पनि भईरहेको छ ।
गुफा अवलोकन गर्ने मानिसहरु उक्त दिन तिन स्थानबाट सजिलै संग पुग्न सकियोस् भन्ने उद्देश्यका साथ बाटोको काम भईरहेको वडा नं. ४ का वडा अध्यक्ष बालकृष्ण रानाले बताएका छन् ।