दुर्घटनामा परि ज्यान गुमाउने पाँच जनाको सनाखत

दाङ, ३० बैशाख ।
प्युठान भएको बस दुर्घटनामा परि ज्यान गुमाएका ५ जनाको सनाखत भएकोे छ । ज्यान जानेमा प्युठान जिल्लाको गौमुखी गाउँपालिका वडा नं. २ निवासी १७ हिरा टमाटा,वडा नं. ३ को २६ बर्षिय हरि मल्ल, प्युठान नगरपालिका वडा नं. २ बस्ने ३६ बर्षीया सविता शर्मा,कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नं. २ निवासी अन्दाजी ३० बर्षीया सीता चन्द र कैलाली जिल्लाको चौमाला गाउँपालिका वडा नं. ९ निवासी अन्दाजी ३७ बर्षीय बस चालक विर बहादुर चौधरी रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अन्य २५ जना घाइते भएका छन् । घातेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । महेन्द्रनगरबाट प्यूठानको खलंगातर्फ जाँदै गरेको महाकाली यातायातको ना ४ ख १८७६ नम्बरको बस आज विहान करिव ३ वजेतिर सरुमारानी गाउँपालिका बडडाँडा पाकुरी खोला नजिकै दुर्घटना भएको हो । प्रहरीका अनुसार गुडिरहेको बसको हेडलाइट एक्कासी बन्द हुदा उक्त दुर्घटना भएको हो ।

प्रकाशित मिति : २०७५ बैशाख ३० गते आइतवार
प्रतिक्रिया