१ बजे हुने भनिएको बजेट भाषण ३ बजेका लागि सर्‍यो

काठमाण्डौ, १५ जेठ ।  बजेट वक्तव्यका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक आज बस्दैछ । यसअघि संयुक्त बैठक दिउँसो १ बजेका लागि आह्वान गरिएकोमा सरकारको अनुरोधमा दिउँसो ३ बजेका लागि सरेको छ । आज आउँदो आर्थिक वर्षको बजेट आउँदैछ ।

संवैधानिक व्यवस्थाअनुसार नयाँ आर्थिक वर्षका लागि जेठ १५ गते सङ्घीय संसदमा बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ । सरकारले स्रोत अभावकाबीच आउँदो आर्थिक वर्ष २०८१÷८२ को बजेट ठूलो आकारकै ल्याउने तयारी गरेको छ । अर्थमन्त्री वर्षमान पुनले झन्डै साढे १९ खर्ब रुपैयाँको बजेट पेश गर्ने गरी तयारी भएको छ ।।

प्रकाशित मिति : २०८१ जेष्ठ १५ गते मङ्गलवार
प्रतिक्रिया