हिमाल शर्मा ,सल्यान २९ वैशाख ।
जिल्लाका विभिन्न स्थानमा सिप मुलक तालिम संचालन गरीएको छ । जिल्ला घरेलु तथा साना उद्योग विकास समिति सल्यानको आयोजना तथा आर्थिक सहयोग र डेभलप्मेन्ट सोसाइटी नेपाल सल्यानको आयोजनामा सल्यानका विभिन्न स्थानमा सिप मुलक तालिम संचालन गरीएको हो ।
जिल्लाको शारदा नगरपालिका, वागचौर नगरपालिका, दार्मा गाउपालिका,कालिमाटी गाउपालिका,रलकुमाख गाउपालिकामा कार्यक्रम उद्घाटन गरीएको छ । यस्तै सल्यानका शारदा नगरपािलका वडा नंं. १२ रेशमज्यूलामा एक महिने होजियारी सिप विकास तालिमको उद्घाटन गरीएको हो ।
शारदा नगरपालिका सल्यानका नगर प्रमुख सुरेश अधिकारीको प्रमुख आथित्तामा तथा घरेलु तथा साना उद्योग विकास समित उप–कार्यकारी निर्देशक नारायणमणी न्योपानेको विशिष्ट आथित्यतामा सो तालिमको उदघाटन गरीएको हो उद्घाटन कार्यक्रममालाई संवोधन गदै नगर प्रमुख सुरेश अधिकारीले आफनो गाउ आफैवनाउ आफुले सिकेको सिप सहितरीकाले सदुपयोग गरौँ भन्दै सवैले आफ्नो क्षमता दक्षताका आधारमा सिप सिकी सदुपयोग गर्ने वताउनु भयो ।
आफुले शारदा नगरपालिकालाई समृद्ध आत्मनिर्भर वनाउने योजनामा रहेकोले सवैले आआफनो ठाउवाट सहयोग गर्नुपर्ने वताउनु भयो । तालिममा हातको माध्यामवाट वनाईने सुइटर,लेस,पन्जा,हाते रुमाल,लगायतका वस्तु निर्माण गरीने घरेलु तथा सना उद्योग विकास समतिका उद्योग अधिकृत प्रदिप कुमार न्योपानेले वताउनु भयो ।
यस्तै घरेलु तथा साना उद्योग विकास समितिका कार्यकारी उप–कार्यकारी निर्देशक नारायणमणी लामीछानेले सल्यान जिल्लामा वजारको माग उनुसार वस्तु उत्पादन गर्नुपर्ने वताउनु भयो उहाले भन्नुभयो नेपालमा राम्रो सम्भावना हु्दाहुदै पनि आप्mनो हातमा सिप नहुदा विदेशमा काम गर्न समस्या हुने वताउदै विदेश जादा पनि सिप सिकेर जानु पर्नेमा उहाको जोड दिनभयो ।
जिल्ला भित्र उत्पादन गरेको वस्तु नगपालिकाले उत्पादन गरेर नहुने वताउदै उत्पादन गरेका वस्तुको वजारीकरणमा समेत नगरपालिकाले पहल गर्नु पर्ने उहाले वताउनु भयो । यस्तै सल्यानको वागचौर नगरपालिकामा पनि एक महिने हस्तकला सम्वन्धी सजावटका सामान वनाउने तालिम र एक महिने मोवाइल मर्मत सतालिम पनि संचालन गरीएको छ ।वागचौर नगरपालिका सल्यान र घरेलु तथा साना उद्योग विकास समिति सल्यानको आयोजनामा सो तालिम संचाल गरीएको छ ।
हस्तकला सम्वन्धी सजावटका सामान वनाउने तालिममा ११ जनाको सहभागीता रहेको छ । एक महिने मोवाइल मर्मत तालिमा १० जनाको सहभागीता रहेका वागचौर नगरपालिका सल्यानले जनाएको छ । यस्तै दर्मा गाउपालिका सल्यानमा वास निगालो सामाग्री वनाउने रिफ्रेसर तालिम र आरा सुधार तथा कृर्षि आजार वनाउने रिफ्रेसर सम्वन्धी तालिम संचालन गरीएको छ ।
घरेलु तथा साना उद्योग विकास समिति सल्यानको आयोजना मा सो तालिमको उद्घाटन गरीएको हो दार्मा गाउपालिका सल्यानका अध्यक्ष निम वहादुर केसी को प्रमुख आथित्यतामा कार्यक्रम उद्घाटन गरीएको हो सो उद्घाटन कार्यक्रममा घरेलु तथा साना उद्योग विकास समितिका उद्योग अधिकृत प्रदिप न्योपाने, डेभलप्मेन्ट सोसाइटी नेपाल सल्यानका अध्यक्ष दिपेन्द्र डिसी लगायतको सहभागीता रहेको थियो ।