तुलसीपुर,२८ बैशाख ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ मा सञ्चालन भएको उद्घोषण तथा आधारभुत पत्रकारिता तालिमको समापन गरिएको छ । वडाको आयोजनामा युवाहरुका लागी बुधवार बाट सुरु भएको तालिमको शुक्रवार समापन गरिएको हो ।
वडा अध्यक्ष चित्र वहादुर वलीको अध्यक्षता तथा रेडियो तुलसीपुरका अध्यक्ष दिपेन्द्र गिरी दिपुको प्रमुख आतिथ्यता एवं महिला अधिकारकर्मि शुष्मा गिरीको विशिष्ठ आतिथ्यमा तालिमको समापन गरिएको हो । सो अवसरमा बोल्ने बक्ताहरुले ग्रामिण भेगका समस्याहरुलाई पत्रकारीताको माध्यमबाट समाधान गर्न सकिने बताएका थिए ।
समाजका समस्यालाई सञ्चार माध्यमहरुले प्राथमिकता दिनुपर्ने उनिहरुको जोड थियो । वडा सदस्य सुवास डाँगीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा सानाकिसान सहकारीका प्रवन्धक चिरञ्जीवि केसी,जेष्ठ नागरीकका केशवराज डाँगी,प्रशिक्षक पत्रकार देवेन्द्र बस्नेत,प्रशिक्षार्थिहरुको तर्फबाट सरस्वती भुषाल,विवेक बस्नेत , देवा चौधरी लगायतले बोलेका थिए ।
वडा सदस्य निर्मा चौधरीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजिकरण प्रशिक्षार्थि मञ्जु रेग्मीले गरेकि थिईन । तालिमको प्रशिक्षकमा पत्रकारहरु देवेन्द्र बस्नेत,जेएन सागर, नारायण खड्का, गोपाल शर्मा भट्टाराई,बसन्त परियार रहेका थिए । तालिममा ३० जना सहभागि थिए ।