तुलसीपुर,२८ बैशाख ।
तुलसीपुर, २८ वैशाख । सरकारले सिण्डिकेटका नाममा यातायात समितिहरु खारेज गरेपछि आफुहरु घरको न घाटको भएको यातायात क्षेत्रमा काम गर्दै आएका ं कर्मचारीहरु बताएका छन् । शुक्रबार दाङको तुलसीपुरमा भेला भएका राप्ती अञ्चल भरीका यातायात ब्यबसायि समितिमा कार्यरत कर्मचारीहरु आफ्नो हकहित र रोजगारीको सुनिश्चितता नभए चरणबद्ध आन्दोलन थाल्ने चेतावनी समेत दिएका छन् ।
कर्मचारीहरुले सिण्डिकेट तोड्ने नाममा सरकारले हचुवाको भरमा देशभरी ,लाखौंको सख्यामा रहेका मजदुर र कर्मचारीको पेशा खोसेर बेरोजगार श्रृजना गर्न बर्तमान सरकार लागि परेको भन्दै कडा शब्दमा बिरोध समेत जनाएका छन । राप्ती बस समिति कर्मचारी युनियनका अध्यक्ष तिलक योगीको अध्यक्षतामा बसेको भेलाले कर्मचारी हकहित सङघर्ष समिति समेत गठन गरेको छ ।
योगीको संयोजकत्वमा ९ सदस्यीय संघर्ष समिति गठन गरीएको छ । समितिमा अञ्चल भरिका सबै समितिका कर्मचारीहरु सदस्य रहेका छन । भेलामा राप्ती समितिका कार्यालय प्रमुख सिताराम शर्मा,तुलसीपुर जिप तथा मिनि माईक्रोबस बस समितिका कार्यालय प्रमुख जितबहादुर खड्का ,सल्यान रुकुम यातायात समितिका कार्यालय प्रमुख तिर्थराज धिताल,अम्बिकेश्वरि यातायातका चित्रबहादुर बस्नेत ,जलजला यातायातका कार्यालय प्रमुख धर्मेन्द्र कवर,साना मालबाहक समितिका मदन कुमार श्रेष्ठ ,दाङ जिल्ला टेक्टर समितिका प्रकाश रिजाल, लगायतले सरकारले उचित ब्यबस्थापन नगरे नेपालको यातायातका क्षेत्र ठप्प पार्ने चेतावनि समेत दिएका छन ।
राप्ती अञ्चल भित्र मात्रै एकहजार बढि कर्मचारी हरु विभिन्न समितिहरुमा कार्यरत रहेका छन ।