
दैलेख, ७ जेठ । सुर्खेतमा मिनिबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दैलेखको डुङ्गेश्वर गाउँपालिका–६ का भीमसेन राना र बर्दियाको ठाकुरबाबा नगरपालिका–३ का शेरबहादुर खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । दैलेखको दुल्लु नगरपालिका–११ भुकाहाबाट सुर्खेततर्फ गुडिरहेको कर्णाली प्रदेश ०१ ००२ ख ०७५२ नम्बरको मिनिबस आज दिउँसो साढे १ बजे वीरेन्द्रनगर नजिकै कटुका र कपासेबीचको जङ्गलमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
यस्तै दुर्घटनामा १६ जना घाइते भएका र उनीहरूको कर्णाली केयर अस्पताल र प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) रुपेश खड्काले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०८१ जेष्ठ ७ गते सोमवार