
दंगीशरण, ७ जेठ । दंगीशरण गाउँपालिकाको बजार अनुगमन टोलिले बजार अनुगमन गरेको छ । बजार अनुगमन टोलिले ब्यबसाय दर्ता देखि खाद्य बस्तुको म्याद भएको नभएको लगायत अनुगमन गरेको हो ।
अनुगमनका क्रममा अधिकाम्स ब्यबसायहरु दर्ता नभएको पाइएको राजस्व साखा प्रमुख लेखनाथ आचार्यले बताउनुभयो । गाउँपालिकाको आन्तरिक राजस्वमा वृद्धि गर्न र ब्यबसाय दर्तावारे आम नागरीकमा जानकारी दिन पनि सप्ताह ब्यापि दर्ता सप्ताहा गर्नुपर्ने प्रमुख आचार्यले बताउनुभयो । अव आगामि दिनहरुमा बजार अनुगमनको कार्यलाइ तिव्रता दिइने समेत उहाँले बताउनुभयो ।
यस्तै गाउँपालिकाको जग्गा जमिन भित्र सम्झौता नगरी ब्यापार ब्यबसाय संचालन गरेका व्यवसायिहरुलाइ प्रचलित कानुनको दायराभित्र ल्याइ गाउँपालिकाको राजस्व वृद्धिमा सहयोग गर्ने कार्यहरु आगामि दिनमा बढाउन कदम चालिने प्रमुख आचार्यले बताउनुभयो ।।
प्रकाशित मिति : २०८१ जेष्ठ ७ गते सोमवार