तुलसीपुर, २७ बैशाख । जिल्ला प्रहरी कार्यालय दाङको तथ्याङक अनुसार लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएको छ । वितेको चार वर्षमा एक सय जनालाई विभिन्न लागु औषध मुद्धामा कारवाहि सुरु गरेको छ । विभिन्न लागु र्आषध सहित पक्राउ परेकाहरु अहिले कारगारमा समेत बस्दै आएका छन् भने कतिपय सुधारगृहमा रहेका छन् ।
२०७१ सालमा १ सय ८० दशमलब ६२ मिलिग्राम बा्रउन सुगरसहित १५ जना, ७२ दशमलब ५० किलो ग्राम चरेसहित १५ जना , ३ किलो ३ सय ग्राम अफिम सहित दुई जना र तिन सय ग्राम गाँजा सहित चारजना पक्राउ परेका थिए । त्यस्तैगरी २०७२ सालमा ५४ दशमलब ९ सय ५४ मिलिग्राम बा्रउनसुगरहित २५ जना , ४ किलो ७ सय ग्राम चरेससहित ५ जना र १ सय ९० ग्राम गाँजा सहित एक जनालाई पक्राउ गरी कानुन अनुसार कारवाहि गरीएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक गोपिकृष्ण सुवेदीले जानकारी दिएका छन् ।
यस्तै २०७३ सालमा ५ ग्राम ३ सय ६९ मिलिगम बा्रउन सुगर सहित २३ जना र ६ किलो ६ सय ९५ ग्राम गाँजा सहित ५ जना पक्राउ परेका छन् । उनका अनुसार २०७४ सालमा ४६ ग्राम ९ सय ३० मिलिग्राम बा्रउन सुगर सहित २७ जना , ३५ किलो १३ ग्राम चरेस सहित ३ जना र ५ सय ४० ग्राम गाँजा सहित २ जनालाई पक्राउ गरी कारवाही गरीएको छ ।