बङगलाचुलीमा अनेरास्ववियुको कमिटि

तुलसीपुर,२७ बैशाख ।
अनेरास्ववियु दाङले बङगलाचुली गाउँपालिकामा आफ्नो कमिटी गठन गरेको छ । गाउँपालिकाकामा रहेका विभिन्न विद्यालय बाट महेन्द्र मावि सिरुवारीमा अएका विद्यार्थी प्रतिनिधिहरुको भेलाबाट उक्त कमिटी गठन गरिएको जवनाईएको छ । अनेरास्ववियु दाङका जिल्ला अध्यक्ष सर्जन परियारको प्रमुख आतिथ्य तथा सचिव विराज डिसिको विशिष्ट आतिथ्यतामा भेला भएको थियो ।

भेलाले २१ सदस्यीय गाँउपालिका स्तरीय कमिटी गठन गरेको हो। कमिटीमको अध्यक्षमा सुनिल भण्डारी ,उपाध्यक्षमा अनिल पुन,सचिवमा प्रेम विक, सहसचिवमा उमा केसि,कोषाध्यक्षमा लक्ष्मी रावत ,सदस्यहरुमा बिमल घर्ती ,रोनि सुनार,आनन्द महर,सिमा राई,दिपा वली, राजेस राई लगाएत रहेका छन ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि परियारले केन्द्रीय सर्कुलर अनुसार स्थानिया तहमा संगठन वनाउने र त्यसको सुरुवात गरिएको बताएका थिए । उक्त भेलाको सहजिकरण प्रेम विकले गरेका थिए । भेलामा पद्मामोदय क्याम्पस कमिटिका अध्यक्ष भरत जँग रायमाझीको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७५ बैशाख २७ गते बिहिवार
प्रतिक्रिया