तुलसीपुर,२७ बैशाख ।
तुलसीपुर वजार क्षेत्रमा सडक,नाला अतिक्रमण गरेर वनाइएका घर टहराहरु उपमहानगरपालीकाले भत्काउनका लागी पत्र काटेको छ । स्थानिय निकायमा कर्मचारीको प्रसासन सुरु भएपछि वढेको वेथीतीलाइ अन्त गर्नका लागी उपमहानगरपालीकाले वाटो फराकिलो वनाउने काम सुरु गरेको हो ।
तुलसीपुर वजारका हरेक लाइनमा जसो वाटो वा नाला अतिक्रमण गरेर घरटहराहरु वनाएको पाइन्छ ।उपमहानगरपालीकाले अहिले तुलसीपुर उद्योगबाणिज्य सघंको अगाडी रहेको चोकमा वनाइएको घर भत्काउन पत्रकाटेको छ ।
त्यस्तै आन्तरिक राजश्व कार्यालय अगाडी वनेको घर र सल्यानरोडमा वनेको एक घर भत्काउन पनि पत्रकाटेको जनाएको छ । पत्रकाटेका घरहरुलाई समय मिलाएर भत्काउने तयारीमा लागेको उपमहानगरपालीकाले जनाएको छ । पन्ध्र बर्षको वेथिती भित्र सडक र नाला अतिक्रमण गरी घर ,टहरा निर्माणमा समय खर्च भएका कारण तुलसीपुर कुरुप वन्दै गएको छ ।
सडक नाला अतिक्रमण गरेर वनाएका घर टहराहरु तुलसीपुरमा अनगिन्ती पाइन्छन । उनिहरुले सार्वजनिक कुलो नाला समेत अतिक्रमण गरेको उपमहानगरपालीकाको ठम्याइ छ । सडक अतिक्रमण गरेर वनाइएको घरहरु भत्काउने नाममा तिनवटा घरमात्र भत्काउने उपमहानगरपालीकाको निर्णय उचित नभएको वजारवासीहरुले प्रतिक्रीया दिएका छन ।
अचंल अस्पताल जाने वाटोमा वनाइएका केही घरहरु,पिपलवोट वरपर र वि.पी चौक पश्चिम जाने वाटोमा रहेको घर समेत वाटो अतिक्रमण गरेर वनाएको आरोप वजारवासीको छ । तत्काल केही घरहरु भत्काउने कुराहरु गरेपनी सडकको मापदण्ड वनाएर घर भत्काउने तयारीमा उपमहानगरपालीकाले जनाएको छ ।
राजमार्ग क्षेत्रमा पर्ने वजारको वाटोमा भने सडकको नाप अनुसार घर भत्काउने तयारीमा लागेको प्रवक्ता श्याम डाँगीले वताउनु भयो ।