तुलसीपुर,२७ बैशाख ।
आगलागि हुदा दाङमा एक घर जलेर नष्ट भएको छ । दंगिशरण गाउपालीका वडा नम्बर २ सिमलकुना निवासि मोहनलाल नेपालीको घर जलेर नष्ट भएको हो । उक्त घर संगै गासिएको पाली समेत जलेर नष्ट भएको छ । बारीको झार मार्न लगाइएको आगो बासको घारी हुदै घरमा सल्कीएको पिडित नेपालीले जानकारी दिएका छन ।
आगलागि बाट २ लाख बराबरको क्षती भएको अनुमान गरिएको छ । घरका केहि लत्ताकपडा बाहिर निकालेपनि गरगहना र अन्नपात जलेर नष्ट भएको जनाइएको छ ।
बुधवार दिउसो पौने १ बजे तिर लागेको आगोलाई तुलसीपुर उपमहानगरपालीकाको दमकल,प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिइएको मोहन विकले जानकारी दिएका छन । उनका अनुसार समयमा दमकल पुगेकाले अरु चार घर आगलागि बाट बचेका छन ।
प्रकाशित मिति : २०७५ बैशाख २७ गते बिहिवार