चमेरेगुफा जाने बाटो मर्मत हुदै

तुलसीपुर, २६ बैशाख ।
चमेरेगुफा जानका लागी मंगलवारदेखी त्यहा डोजर लगाएर बाटो मर्मत कार्य सुरु गरीएको छ । यहि जेठ १ तुलसीपुर ४ मुल्कोट पानी मुहान नजिकै भँुयार थान पुजाको अवसर पारी चमेरेगुफा महोत्सव हुन लागेको छ । महोत्सवलाई मध्यनजर गदै कोईलाखानीबाट बाटो मर्मत कार्या सुरु गरीएको वडा अध्यक्ष बालकृष्ण रानाले जानकारी दिएका छन् ।

बाटो मर्मत गरेपछि तुलसीपुर रक्षाचौर आँखा अस्पताल ,घोरानेटी, तुरुले हुदै गुफा सम्म जानका सकिने छ । यस्तै पर्सेनी ,बनहरी, लामीदमार हुदै गुफा सम्म जान सकिने अध्यक्ष रानाले बताएका छन् । उक्त दिन गुफा अवलोकन गर्न जानेहरुका लागी सहज होस् भन्ने उद्देश्यले तत्काल बाटो मर्मत कार्य सुरु गरीएको उनले बताएका छन् ।

प्रकाशित मिति : २०७५ बैशाख २६ गते बुधवार
प्रतिक्रिया