आज कानुन दिवस मनाइदैं

तुलसीपुर,२६ बैशाख ।
आज कानुन दिवस । नेपाल प्रधान न्यायालयको ऐन, २००८ लागू भएको दिनको स्मरणमा प्रत्येक वर्ष यो दिवस मनाउने गरिन्छ । कामु प्रधानन्यायाधीश दीपकराज जोशीले कानून दिवस २०७५ का अवसरमा सम्पूर्ण न्यायप्रेमी नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । कानून दिवस नेपालको न्यायिक इतिहाससँग सम्बन्धित विशेष अवसरका रुपमा रहेको सन्देशमा उल्लेख छ ।

नेपालको संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै देशमा सुशासन, शान्ति, न्याय, विकास र समृद्धि हाँसिल गर्न सबै लाग्नुपर्ने उहाँले बताउनुभएको छ । विधिको शासनको प्रत्याभूति दिलाई विकास, शान्ति र समृद्धिको सुनिश्चिताका लागि स्वतन्त्रता र व्यावसायिकता अविचलित राख्न आजको यस विशेष दिनमा सबैमा विशेष आग्रह गर्दछु, उहाँले भन्नुभएको छ ।

न्याय सम्पादनको कार्य न्यायापालिकाको नै विशिष्ट जिम्मेवारी र भूमिकाभित्रको कार्य भएको भन्दै सन्देशमा अन्य कुनै पनि निकायसँग तुलना गर्न नमिल्ने भनिएको छ ।

वर्तमान समयमा जनताको युग सुहाउँदो न्याय सेवा प्रवाह गर्न र मौलिक हक तथा नागरिकको न्यायमा पहुँचको अवस्था सुनिश्चित गरी समृद्ध र न्यायपूर्ण समाज स्थापनार्थ न्यायपालिकाको संस्थागत तथा कानूनी दायित्व भएका समस्त निकाय, पदाधिकारी, नागरिक समाज, कानून व्यववसायी, सञ्चारकर्मीलगायत आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : २०७५ बैशाख २६ गते बुधवार
प्रतिक्रिया