लक्ष्मण विश्वकर्मा , तुलसीपुर , २५ बैशाख ।
तुलसीपुर उपमहानगरपालिकाको खरको छानो हटाउने अभियान अन्र्तगत आज तुलसीपुर वडा नं. ४ मा सुरक्षित आवासका लागी जस्तापाता (टिन) वितरण गरीएको छ । जस्तापाता पाएपछि उपभोक्ता खुसी भएका छन् । वडा कार्यालयले एक कार्यक्रमको आयोजना गरी पहिलो चरणमा वडाका अतिविपन्न, आगलागी पिडित र दलित समुदाय गरी ३० घरधुरीलाई जस्तापाता वितरण गरेको हो ।
वडा अध्यक्ष बालकृष्ण रानाको अध्यक्षतामा भएको कार्यक्रममा उपभोक्ताको तर्फबाट खिम बहादुर रोका लगाएतले वोलेका थिए । वडा अध्यक्ष रानाले वडाको विकट खुमखानीका पोक बहादुर थापालाई सुरुमा हस्तारण गरी आरमभ गरेका थिए । उपमहानगरकार्यापालिका सदस्य डिला परियारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वडा सचिव लोकमणी पोख्रेलले गरेका थिए ।
प्रकाशित मिति : २०७५ बैशाख २५ गते मङ्गलवार