विकास निर्माणमा प्रहरीको अवरोध : अध्यक्ष केसी

तुलसीपुर, २५ बैशाख
तुलसीपुुुर उपमहानगरपालिका – ८ नम्बर वडाले विकास निर्माणको काममा प्रहरीले अवरोध पु¥याउने काम गरेको बताएको छ ।
वडामा खेलकुद मैदान निर्माणका लागि रोटेपानीको चौर सम्याउन लागेको समयमा जेसीवी र ट्रिप्परलाई प्रहरीले नियन्त्रणमा लिएपछि वडाले यस्तो बताएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङको निर्देशनमा तुलसीपुर प्रहरीले सोमबार साँझ ना७ख ४००० , रा१ख १५०९, र अनटेष्ट जेसीवीलाई नियन्त्रणमा लिएको छ । वडामा विकास निर्माणका काम गर्ने क्रममा प्रहरीले अनावश्यक रुपमा हस्तक्षेप गरेर दुःख दिने काम गरेको वडा अध्यक्ष वेदबहादुर केसीले बताएका छन् ।
‘जहाँ अबैध रुपमा खोला र नदिमा नदिजन्य वस्तुको उत्खनन् हुन्छ त्यहाँ खबर गरेपनि प्रहरी जाँदैन,’ अध्यक्ष केसीले भने,‘ जुन ठाउँमा वडाको विकास हुदैछ त्यहाँ गएर माटो उत्तखनन् गरेको भन्दै मेसीनहरु नियन्त्रणमा लिन्छ ।’ कुनै सामुदायिक वन वा खोलामा गएर गैरकानुनी रुपमा उत्खनन् नगरेको भन्दै अध्यक्ष केसीले खेलकुद मैदान वनाउने क्रममा मेसीन नियन्त्रणमा लिनेका विरुद्ध न्यायलयमा जाने बताए ।
यता जिल्ला प्रहरी कार्यालय दाङले आफुलाई विना जानकारी काम गरेको पाइएकाले नियन्त्रणमा लिएको बताएको छ । ‘प्रहरी र जिल्ला समन्वय समितिमा काम गर्नलागेको जानकारी हुनुपथ्र्यो,’ प्रहरी उपरिक्षक दुर्गा सिंहले भनिन्, ‘ रातको समयमा काम गर्न लागेको सुचना आएपछि हाम्रो प्रहरीले नियन्त्रणमा लिएको हो ।’

 

प्रकाशित मिति : २०७५ बैशाख २५ गते मङ्गलवार
प्रतिक्रिया