ब्याटिङ नचल्दा फेरि बेंग्लोर पराजित, एलिमिनेसनको खतरा

वैशाख २५ ।

आईपीएल क्रिकेटमा सनराईजर्स हैदराबादसँग पराजित भएपछि रोयल च्यालेञ्जर्स बेंग्लोरमाथि एलिमिनेसनको दवाब बढेको छ । १ सय ४६ रनको सामान्य लक्ष्य पनि भेट्न नसकेपछि बेंग्लोर हैदराबादसँग ५ रनले पराजित भएको हो । यो पराजयपछि १० खेलबाट ६ अंकमात्र बटुल्न सफल बेंग्लोर पहिलो चरणबाटै बाहिरिने खतरा बढेको हो ।

हैदराबाद भने समान खेलबाट १६ अंक बनाउँदै लिगको शीर्ष स्थानमा उक्लिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको हैदराबाद १ सय ४६ रनमा अलआउट भएको थियो ।  कप्तान केन विलियमनसले ५६ रनको उत्कृष्ट इनिङ खेलेको खेलमा हैदराबादका पछिल्ला सात विकेट ३४ रनका लागि चार ओभरमा आउट भएका थिए । सकिव अल हसनले पनि ३५ रनको योगदान गरेपछि हैदराबादको इनिङ केही सम्हालिएको थियो ।

बेग्लोरका टिम साउथी र मोहम्मद सिराजले ३–३ विकेट लिए । बलरले राम्रो प्रदर्शन गरे पनि ब्याटिङ नचल्दा बेग्लोर पराजित भएको हो । बैंग्लोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४१ रनमात्र बनाउन सक्यो । बेंग्लोरका कप्तान विराट कोहलीले सर्वाधिक ३९ र कोलिन  डि ग्राण्डहोमले ३३ रन बनाए ।

यस्तै, मन्दिप सिंहले २१ र पार्थिव पटेलले २० को योगदान दिए । सामान्य लक्ष्य जोगाउन हैदराबादका सकिव अल हसनले २ विकेट लिए भने सन्दिप शर्मा, भुवनेश्वर कुमार, सिद्धार्थ कैलले १–१ विकेट लिए ।

प्रकाशित मिति : २०७५ बैशाख २५ गते मङ्गलवार
प्रतिक्रिया