ऐतिहासीक चमेरेगुफा महोत्सव हुने

लक्ष्मण विश्वकर्मा ,तुलसीपुर, २४ बैशाख
चमेरेगुफामा ऐतिहासीक महोत्सव हुने भएको छ । यहि जेठ १ गते तुलसीपुर ४ मुल्कोटको पानी मुहान नजिकै भुयार थानको पुजाको अवसर पारी चमेरेगुफा महोत्सव आयोजना गर्न लागीएको मुल्कोट टोल विकास संस्थाले जानकारी दिएको छ ।
धार्मिक कार्यको अवसरमा पर्यटकीय गन्तव्य स्थलका रुपमा परिचित गुफाको विशेष अवलोकन गर्नका लागी महोत्सव आयोजना गर्न लागीएको टोल विकास संस्थाका अध्यक्ष ऋषिराम पुनले जानकारी दिएका छन् ।महोत्सवको दिन गुफा सम्म गाडी पुग्नलाई तत्काल सडक मर्मतको कार्य सुरु गरिने वडा अध्यक्ष बालकृष्ण रानाले जानकारी दिएका छन् ।
उनका अनुसार पर्सेनी, बनहरी,लामीदमार, तरुले, कोईलाखानी हुदै मुल्कोट सम्म पुग्नका लागी अवको एक दुई दिनमै डोजर लगाएर बाटो मर्मत कार्य सुरु गरिने भएको छ । उक्त अवसरमा स्थानिय तहका जनप्रतिनिधि, प्रदेश सांसद तथा संघिय सांसद एवं विशिष्ट व्यक्तिहरुलाई गर्ने योजना रहेको अध्यक्ष रानाले बताएका छन् । प्राकृतिक बनावटमा सजिएको चमेरेगुफा अवलोकन गर्नेहरुको संख्या विस्तारै बढ्दै गएको गुफा संरक्षण समितिका अध्यक्ष भुव बहादुर पुनले बताएका छन् ।
उनका अनुसार उक्त दिन विशेष महत्वका साथ महोत्सव आयोजना हुने बताएका छन् । साथै उनका अनुसार गुफा आउने अतिथिहरुलाई पर्सेनी हुदै गुफा जाने बाटोको विभिन्न स्थानमा टोल विकास संस्थाको अघुवाईमा स्वागत गेट निर्माण गरिने भएको छ । यस्तै तुलसीपुर सल्यानरोड हरनेटी हुदै गुफा सम्म जाने सडक बाटोको विभिन्न स्थानमा स्वागत गेट राखीने भएको छ ।

प्रकाशित मिति : २०७५ बैशाख २४ गते सोमवार
प्रतिक्रिया