शान्ती सरु,तुलसीपुर २४ बैशाख ।
दाङमा वितेको दुई आर्थिक वर्षमा विभिन्न कारणले साढे सात सय जना मानिस बेपत्ता भएको एक तथ्याङकले देखाएको छ । जिल्ला प्रहरी कार्यालय दाङको महिला तथा बालवालिका सेवा केन्द्रले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७३÷०७४ मा चार सय चार जना मानिस बेपत्ता भएका थिए् ।जस मध्य एक सय पन्ध्र जना मानिस फेला परेको सेवा केन्द्रकी प्रहरी सहायक निरीक्षक नन्दकली कटुवालले जानकारी दिएकी छन् ।
यस्तै चालु आर्थिक वर्षको बैशाख २० गते सम्म तिन सय ३७ जना बेपत्ता भएका छन् । जसमा एक सय जना मानिस फेला परेका छन् । केन्द्रकी प्रहरी सहायक निरीक्षक कटुवालका अनुसार गत वर्ष दाङबाट २० वर्षदेखी माथिका दुई सय ६१ जना महिला बेपत्ता भएकोमा ७३ जना फेला परेका छन् । यस्तै ७४ जना बालक हराएकोमा १६ जना फेला परेका छन् । उनीहरु विभिन्न ठाउमा मजदुरीमा संलग्न रहेको अवस्थामा भेटिएका हुन्् । यस्तै ६९ जना बालीका हराएकोमा २६ जना फेला परेका छन् ।
चालु आर्थिकको बैशाख २० गतेसम्मको कार्यालयको तथ्याङक २० वर्ष माथीका महिला २ सय १३ जना बेपत्ता भएकोमा ५० जना फेला परेको सेवाकी प्रहरी सहायक निरीक्षक कटुवालले जानकारी दिएकी छन् । यस्तै, ६८ जना बालक बेपत्ता भएकोमा २९ जना फेला परेका छन् भने ५६ जना बालिका बेपत्ता भएकोमा २१ जना फेला परेका छन् ।
बेपत्ता हुनेमा अधिंकास महिला र बालबालिका मात्र रहेका छन् । उनीहरु बेपत्ता हुनुको कारण कतिपय आर्थिक अवस्था कमजोर भएको र कतिपय विभिन्न घरायसी समस्या रहेको बताईएको छ ।