उपमहानगरपालिकाको सम्पतिमा,, टेक्टर समितिको व्यापार

तुलसीपुर, २४ बैशाख / दाङ जिल्ला टे«क्टर व्यवसायी समिति तुलसीपुरले तुलसीपुर उपमहानगरपालिकाको जग्गालाई आम्दानीको स्रोत बनाएको खुलेको छ ।  समितिले नयाँ बसपार्क जाने सडकको उत्तर तर्फ रहेको नगरपालिकाको जग्गालाई भाडामा दिएर मासीक करिब एक लाख रुपैयाँ कमाउदै आएको छ ।  विभिन्न व्यवसायीहरुबाट मासीक रुपमा पैसा बुझे पनि ट्रेक्टर समितिले रसिद समेत नदिने गरेको नाम बताउन नचाहने सर्तमा एक व्यवसायीले बताए । व्यवसायीले जुनसुकै ठाउँमा बसे पनि आफुहरुल पैसा तिर्नु पर्ने भन्दै सही काममा प्रयोग गर्नु पर्ने बताएका छन् । ७ माघ २०५५ मा तत्कालिन तुलसीपुर नगरपालिकाका मेयर ढुण्डीराज लामीछानेको अध्यक्षतामा बसेको बैठकले नयाँ बसपार्कको पूर्व पश्चिम सडकको उत्तर तर्फ रहेको खाली जग्गालाई केहि समयमा लागि भन्दै टे«क्टर तथा ट्रक पार्कीङ स्थलका रुपमा प्रयोग गर्न दिने निर्णय गरेको थियो ।
तर टे«क्टर समितिले उद्देश्य विपरित जग्गा प्रयोग गर्दै आइरहेको छ । समितिले तयारी पोशक व्यवसायीसंग एक मुष्ठ मासीक ४२ हजार ५ सय, युवम रेष्टुरेष्टले २६ हजार र ठेला व्यवसायी संग एक हजार पाँच सय रुपैयाँ सम्म भाडा लिने गरेको छ । हजार्रौ रुपैयाँ बुझेपनि समितिले रसिद नदिने गरेपछि पैसाको उपयोगमा संका उत्पन्न गरिएको छ । त्यस क्षेत्रमा तयारी पोशाकवाला १७ जना र ठेला व्यवसायी ३०/३२ जना बस्दै आएका छन् । तयारी पोशाक व्यवसायी गत बैशाख देखि बस्दै आए पनि अन्य ठेला तथा फलफूल व्यवसायी भने बर्षौ देखि बस्दै आएका छन् ।
यता दाङ जिल्ला ट्रेक्टर व्यवसायी समितिका अध्यक्ष चिन्तामणी आचार्यले रसिद काट् नमिल्ने बताएका छन् । त्यहाँबाट उठाएको रकम त्यही ठाउँमा खर्च गर्ने भएकाले रसिद नकाटेको अध्यक्ष आचार्यले  प्रतिकृया दिए । भाडाबाट उठेको पैसा व्यवसायीहरु बस्दै आएको ठाउँमा खाल्टाखुल्टी पूर्न, सम्याउन, शौचालय, कुवा निर्माण गर्नु खर्चेको उनले बताए ।

यता तुलसीपुर उपमहानगरपालिकाले उद्देश्य विपरित जग्गा प्रयोग गर्नु र रसिद विना आर्थिक कारोबार गरेको पाइएमा कानुनी प्रकृया अनुसार अघि बढ्ने बताएको छ । ‘विभिन्न समयमा गुनासो आएको पनि थियो, तपाईले भनेपछि झनै छर्लङ्ग भयो,’ तुलसीपुर उपमहानगरापलिका मेयर घनश्याम पाण्डेले भने, छानविन समिति गठन गरेर यसको सत्य तत्य के हो ? त्यस बारेमा बुझछौ ।’
सडको मापदण्ड अनुसार जग्गा छुट्याएर बाँकी जग्गालाई छलफल गरेर उपयुक्त काममा लागाउने पाण्डेले बताए ।

 

 

 

प्रकाशित मिति : २०७५ बैशाख २४ गते सोमवार
प्रतिक्रिया