राप्ती समितिका बरिष्ठ उपाध्यक्ष योगीले गरे कबुलियता

तुलसीपुर, २३ बैशाख ।
दाङका एक व्यवसायी समितिका वरिष्ठ उपाध्यक्षले सार्वजनिक सवारी साधन सन्चालन गर्ने प्रतिवद्धता जनाएका छन् । राप्ती अञ्चल सार्वजनिक यातायत व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष भरतनाथ योगीले सिन्डिकेट खारेजीको विरोधमा यातायात हड्ताल नगरी खुल्ला र प्रतिस्पर्धात्मक रुपमा सार्वजनिक यातायात सेवा संचालन गर्ने कबुलियता गरेका छन् ।
साथै उनले कबुलियता अनुसार नगरेमा नेपालको प्रचलित कानून आवश्यक सेवा सञ्चालन ऐन २०१४ बमोजिम सजाय भोग्न तयार रहेको भनि कागजमा हस्ताक्षर गरेको जिल्ला प्रहरी कार्यालय दाङकी प्रहरी प्रमुख दुर्गासिंहले जानकारी दिएकी छिन् ।

प्रकाशित मिति : २०७५ बैशाख २३ गते आइतवार
प्रतिक्रिया