तुलसीपुरमा बन्ने भयो चालक बन्दी गृह

लक्ष्मण विश्वकर्मा, तुलसीपुर २३ बैशाख  ।

तुलसीपुरमा चालक बन्दी गृह निर्माण हुने भएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरको परिसर भित्र नेपाल यातायात स्वतन्त्र मजदुर संगठन तुलसीपुर नगर कमिटिले चालक बन्दी गृह निर्माण गर्न लागेको हो । अत्याधुनिक सुविधा सम्पन्न एक कोठे भवनको आज एक कार्यक्रमको आयोजना गरी शिलान्यास गरीएको छ ।

भवन निर्माण भएपछि भवितव्य दुर्घटना हुदा प्रहरी हिरासतमा अन्य अभियुक्तहरु जसरी चालक बस्नुपर्न बाध्यता अन्त्य हुनेछ । भवनको शिलान्यास संगठनका केन्द्रिय अध्यक्ष भिमज्वाला राई, महसचिव नवराज घिमिरे र ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरिक्षक प्रकाश सापकोटाले सयुक्त रुपमा गरेका थिए ।

भवनको शिलान्यास गदै अध्यक्ष राईले प्रहरी संगठन भित्र चालक बन्दी गृह निर्माण गर्न लागेको यो दोस्रो पटक भएको बताएका छन् । यस अघि २०६८ मा पुर्व धरानमा ईलाका प्रहरी कार्यालय संग समन्वय गरी त्यहा चालक बन्दीको छुट्टै गृह निर्माण गरीएको जानकारी दिएका हुन् ।

साथै उनले देशभर ईलाका प्रहरी कार्यालय संग समन्वय गरी चालक गृह निर्माण गनेृ अभियान सनलन गर्ने बताएका छन् ।। संगठनका प्रदेश नं. ६ केन्द्रिय सदस्य खगेन्द्र वलीले यातायात मजदुरहरु भवितव्यमा हुने दुर्घटनामा हिरासतमा जानुपर्ने भएकाले उनीहरुलाई अपराधी र गुन्डागर्दि संग तुलना गर्न नमिल्ने बताएका छन् ।

यस्तै ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकास सापकोटाले हिरासतमा बन्दी धेरै कोठा साघुरो हुदा समस्या भएको भन्दै भवन निर्माण भएमा सहज हुने बताएका छन् ।साथै उनले संगठनको योजना स्वागत योग्य भएको बताउदै आफुहरुले सहयोग गर्ने बताएका छन् ।

तुलसीपुर नगर कमिटिका अध्यक्ष केशव भण्डारीले भवन निर्माण समिति गठन गरी डेढ दुई महिनामै सक्ने बताएका छन् ।अत्याधुनिक सुविधा सम्पन्न भवन १५ देखी २० जना सम्मको क्षमता भएको भवन निर्माणको लागी अनुमानित दश लाख रुपैया लागतमा हुने बताइएको छ । उक्त भवन निर्माण गर्नका लागी तुलसीपुर उपमहानगरका नगरप्रमुख घनश्याम पाण्डेले सहयोग गर्ने बताएको अध्यक्ष भण्डाीले बताएका छन् ।

यस्तै यातायात मजदुर व्यवसायी समिति संग जोडिएको हुदा विभिन्न समिति,संघसंस्थाहरु संग आर्थिक सहयोग संकलन गर्ने बताएका छन् । कार्यक्रमको सहजीकरण तुलसीपुर कमिटिका सल्लाहकार यज्ञ बुढथोकीले गरेका थिए ।

प्रकाशित मिति : २०७५ बैशाख २३ गते आइतवार
प्रतिक्रिया