राप्ती गाउँपालिका भित्रका होटलका लागि अभिमुखीकरण

तिर्थराज ज्ञवाली
२३ बैशाख, मसुरीया(दाङ)/ राप्ती गाउँपालिका र होटल ब्यवसायी समिति लालमटियाको सहयोग तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहल काठमाण्डौको आयोजनामा राप्ती गाउँपालिका भित्रका होटल तथा रेष्टुरेन्टहरुमा खाद्य स्वच्छताको आधारमा स्तरिकरण सम्वन्धि अभिमुखीकरण कार्यक्रम लालमटियामा आईतवार  सम्पन्न भएको छ । राप्ती गाउँपालिका भित्रका होटल ब्यवसायीहरुको संगठन होटल ब्यवसायी समितिका पदाधिकारी तथा  होटल ब्यवसायीहरुलाई दिईएको अभिमुखीकरण कार्यक्रममा कस्ता होटल सञ्चालन गर्न पाईने वा होटल ब्यवसायीहरुले अपनाउनुपर्ने नियम तथा गुणस्तरताको वारेमा जानकारी गराईएको छ ।
ग्राहकको स्वास्थ्य सुरक्षा तथा खाद्य सुरक्षाका हिसावले अपनाउनुपर्ने नियमहरुको वारेमा कार्यक्रममा छलफल गरिएको छ ।
राप्ती गाउँपालिकाले हालै स्वीकृत गरेको, खाद्य स्वच्छता, मासु जन्य पदार्थ उत्पादन,प्रशोधन तथा विक्रि वितरण मापडण्ड  निर्देशिका २०७४, गाउँपालिका बाट गरिने बजार अनुगमन कार्यविधि २०७५, लाई कार्यान्वयको पक्षमा लैजादै गर्दा होटल ब्यवसायलाई पनि राम्रो बनाउदै लैजाने उदेश्यले अभिमुखीकरण गरिएको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगतप्रसाद भुसालले जानकारी दिनुभएको छ ।
खाद्य स्वच्छता, मासु जन्य पदार्थ उत्पादन,प्रशोधन तथा विक्रि वितरण मापडण्ड निर्देशिका २०७४, गाउँपालिका बाट गरिने बजार अनुगमन कार्यविधि २०७५, अनुसार होटलको स्तरिकरण समेत गरि प्रत्येक होटलमा संकेत राखीने हुदा होटल ब्यवसायीहरुले राम्रो बनाउन प्रेरित हुनेछन जसले आम नागरिक तथा सेवाग्राहि लाभान्वीत हुने राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगतप्रसाद भुसालले बताउनुभएको छ ।

प्रकाशित मिति : २०७५ बैशाख २३ गते आइतवार
प्रतिक्रिया