यातायात समितिका पदाधिकारी र कर्मचारी छुटे

तुलसीपुर,२३ बैशाख ।

पक्राउ परेका यातायात व्यवसायी समितिका पदाधिकारी तथा कर्मचारीलाई दाङ प्रहरीले छाडेको छ । सिन्डिकेट खारेजीको विरोधमा यातायात हड्ताल गरेर आन्दोलनमा उत्रिएका यातायात व्यवसायी र कर्मचारी गरी ७ जनालाई शुक्रवार प्रहरीले विभिन्न स्थानबाट नियन्त्रण लिएको थियो ।

पक्राउ परेका राप्ती अञ्चल सार्वजनिक यातायात व्यावसायी समिती घोराहीका सदस्य रामचरण ओली,समितिको दुर्घटना प्रमुख गणेश पाण्डे,स्वर्गद्धारी टिप्पर व्यावसायी समिति घोराही दाङका दुर्घटना प्रमुख रबिन्द्र कुमार बराल, तुलसीपुर जिप तथा मिनी माईक्रो बस व्यवसाय समितिका उपाध्यक्ष डिल्ली भण्डारी, राप्ती अंचल सार्वजनिक यातायात व्यवसाय समितिका कर्मचारी कृष्ण के.सी., मोहन पुरी र सिताराम शर्मालाई बिना सर्त रिहा गरीएको जिल्ला प्रहरी कार्यालय दाङकी प्रहरी प्रमुख दुर्गा सिंहले जानकारी दिएकी छन् ।

प्रकाशित मिति : २०७५ बैशाख २३ गते आइतवार
प्रतिक्रिया