हिमाल शर्मा ,सल्यान २२ वैशाख ।
सल्यान जिल्लाका १० वटै स्थानीय तहका खानेपानी उपभोक्ताहरुलाई खानेपानी तथा सरसफाई उपभोक्ता समितीको सम्वन्धी क्षमता अभिबृद्धि तालीम सञ्चालन गरिने भएको छ । खानेपानी मन्त्रालयको आयोजना र जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यलय सल्यानको समन्वय तथा सहजीकरणमा तालीम सञ्चालन गरिने भएको हो ।
सल्यान जिल्लाका १० वटै स्थानीयतहका करिब १ हजार ३ सय उपभोक्ता समितीहरुलाई तिन दिने तालिम संचालन गरीएको छ । प्रतेक समितिका दुई–दुई जना पदाधिकारीलाई तालीम दिईने खानेपानी तथा सरसफाई डिभिजन कार्याय सल्यानका प्रमुख गुणनिधि पोखरेलले जानकारी दिनुभएको छ ।
उहाको अनुसार तालीममा खानेपानी उपभोक्तहरुलाई खानेपानी प्रणालीको बर्तमान अवस्था, बजारीकरणको लागी संजाल निर्माण, ग्रामिन खानेपानी तथा सरसफाई सुधार, खानेपानी प्राणालीको सुचारुपना र दिगोपना, खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाको ब्यवसथापनका बारेमा जानकारी गराईने उहाँले बताउनु भयो ।
यस्तै खानेपानी उपभोक्ता समितीको भुमिका र जिम्मेवार, खानेपानी प्रणाली ब्यवस्थापन, खानेपानी उपभोक्ता समितीमा नेतृत्व र बिकास लगातका बारेमा जानकारी गराईने उहाले बताउनु भयो । पहिलो चरणको तालीम शनिवार जिल्लाको शारदा नगरपालीमा सुरु भएको छ । तालीममा शारदा नगरपालीकाका १५ वटै वडाका ३० जना उपभोक्ताहरुको सहभागीता रहेको छ ।
३ दिन सम्म सञ्चालन हुने तालीममा ग्रामीण बस्तीहरुमा खानेपानी तथा सरसफाई सुधार, जिर्ण रहेका खानेपानीको मर्मत सम्भाहार गर्ने बारेमा पनि जानकारी गराईने भएको छ ।
खानेपानी तथा सरसफाई डिभिजन प्रमुख गुणनिधि पोखरेलको अध्यक्षतामा भएको सुरु भएको कार्यक्रममा जिल्ला समन्वय समितीका संयोजक केश बहादुर बिष्टको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रममा शारदा नगरपालीकाका नगर प्रमुख शुरेस अधिकारी, प्रमुख जिल्ला अधिकारी प्रमानन्द घिमिरे लगातको उपस्थीति रहेको थियो ।