श्रमीकको उचित व्यवस्थापन र सुरक्षा हुनुपर्छ : अध्यक्ष राई

 

लक्ष्मण विश्वकर्मा,

तुलसीपुर २२ बैशाख/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय अध्यक्ष भिमज्वाला राईले यातायात व्यवसायीको आन्दोलनमा आफुहरुको सहभागिता नभएको स्पष्ट पारेका छन् । उनले आन्दोलनमा आफुहरुको समर्थन नभएको बताउदै मजदुरहरुलाई आन्दोलनमा सहभागी नहुन निर्देशन दिएका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन जिल्ला कमिटि दाङको तेस्रो जिल्ला अधिबेशन उद्घाटन समारोहलाई सम्वोधन गदै अध्यक्ष राईले यस्तो बताएका हुन् । अध्यक्ष राईले सरकारले गरेको निर्णयलाई यातायात व्यवसायीले सकारात्मक रुपमा लिनु पर्ने बताएका छन् । साथै उनले सरकारले बरु असार सम्म समय दिएर अहिले भईरहेका यातायात व्यवसायीहरुलाई प्रालिमा जाने बाटो प्रसस्त गर्नुपर्ने बताएका छन् ।

त्यस्तैगरी समिति मार्फत बुकिङ काउन्टरमा काम गर्ने यातायात मजदुरहरुले अव के गर्ने भन्ने सरकारको तर्फबाट मार्ग प्रसस्त गर्नुपर्ने उनको भनाई छ । साथै उनले पुराना तरिकाबाट गरिने कार्यशैलीलाई मुक्त गनैपर्ने बताएका छन् । यदि पुरातन शैलीबाट आफुलाई परिवर्तन गर्न सकिएन भने समाजमा हुने कुनै पनि घटनालाई सहि देख्न नसकिने बताएका छन् । त्यसकारण समय अनुसार नयाँ ढङगबाट चल्नु पर्ने उनको भनाई थियो । साथै उनले पछिल्नो समयमा सरकारले मजदुरहरुको हक र अधिकार सुनिश्चित हुने खालको सामाजिक सुरक्षा ऐन ल्याएको उनले बताएका छन् ।

जिल्ला कमिटिका अध्यक्ष चुडा बहादुर विकको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय महासचिव नवराज घिमिरेले यातायात मजदुरहरुले गर्ने कामको सम्मान हुनुपर्ने बताएका छन् । कुनै पनि श्रमीकले काम गरीसकेपछि उसको उचित व्यवस्थापन र सुरक्षा हुनुपर्ने उनको भनाई छ ।

साथै कुनै पनि बाहानामा यातायात मजदुरहरुलाई विभिन्न खाले दुख दिने काम भईरहेको बताउदै आगामी दिनमा सरकार वा यातायात व्यवसायी कसैको तर्फबाट षड्यन्त गरी फसाउने र दुख दिने काम गरेमा आफुहरु आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिएका छन् ।

कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले यातायात मजदुरहरुको उचित पारिश्रमिक निर्धारण हुनेपर्ने माग गरेका छन् । साथै यातायात मजदुरहरु पनि यो देशमा नागरिक भएकाले सम्मानपुर्वक बाँच्नपाउनु पर्ने बताएका छन् । सो अवसरमा संगठनका ५ नम्वर प्रदेशका ईन्चार्ज शिवराज पन्थी, केन्द्रिय सदस्य घनश्याम डाँगी,तुलसीपुर वडा नं. ९ का वडा अध्यक्ष घनश्याम ढकाल, नाटो संघका गोविन्द पाण्डे, राप्ती समाचार दैनिकका अध्यक्ष संगित बस्याल, तुलसीपुर अटो एसोसियसनका टोप बहादुर महतरा लगाएतले बोलेका थिए ।

देशभरिका यातायात मजदुरहरु एक हऔ ,,,समृद्धिका लागी श्रमशक्ति सुरक्षा,,यात्रुमैत्री व्यवहार र आपसी हार्दिकता भन्ने मुल नाराका साथ अधिबेशनको उद्घाटन गरीएको हो ।पुर्व जिल्ला कमिटिका उपाध्यक्ष सुर्वणराज भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण अन्चल कमिटिका सल्लाहकार यज्ञ वुढाथोकीले गरेका थिए ।

विभिन्न व्यक्तित्वहरु सम्मानित

यसैविच तेस्रो अधिबेशनका अवसरमा संगठनलाई सहयोग गर्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरीएको थियो । जसमा संगठनको भवन निर्माणमा सहयोग गर्ने दिपक बुढाथोकी,रामचन्द्र बस्नेत, तोरण पोख्रेल, टोप बहादुर महतरा, कालिप्रसाद योगी, केसब सापकोटा , दिनेश अर्याल, व्यवसायी मिनप्रकास शर्मा, संगठन अन्र्तगत चालक शालिकराम केसी लगाएतलाई सम्मान गरीएको थियो ।

प्रकाशित मिति : २०७५ बैशाख २२ गते शनिवार
प्रतिक्रिया