विप्लवका दुई जना कार्यकर्ता तुलसीपुरमा पक्राउ

तुलसीपुर, २१ बैशाख

बन्दको पूर्व सन्ध्यामा राँके जुलुस बाल्ने विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्ता तुलसीपुरमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुन सुनार र जनार्दन बोहरा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । उनिहरुलाई दुधरास नजिकैबाट साँझपख पक्राउ गरिएको थियो । नेपाल कम्युनिष्ट पार्टीले भोली २२ गते नेपाल बन्दको घोषणा गरेको छ ।

फाईल : फोटो

प्रकाशित मिति : २०७५ बैशाख २१ गते शुक्रवार
प्रतिक्रिया