काठमाडौं ,२१ वैशाख ।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल प्रचण्डबीच पार्टी एकतामा सहमति जुटेको छ । पार्टी पार्टी एकता संयोजन समितिको बैठक बसेर पार्टी एकता घोषणाको मिति तय गर्नेछ । ओली र प्रचण्डबीच बिहीबार भएको वार्तामा केन्द्रीय कार्यसमितिको भागवण्डा, चुनाव चिहृनबारे सहमति जुटेको हो ।
स्रोतका अनुसार चुनाव चिहृन सूर्य नै हुने भएको छ । २९९ सदस्यीय केन्द्रीय समितिमा दुबै पार्टीको झण्डै बराबर हुनेछ । ‘केही संख्या एमालेको बढी हुन्छ’ एक नेताले भने ।वैचारिक तथा सांगठनिक प्रतिवेदनमा केही संशोधन गर्नुपर्ने भए गरेर भएपनि अन्तिम टुंगो लगाउने दुई अध्यक्षको सहमति छ ।
यसका लागि सम्भव भए २३ र नभए २४ गते पार्टी एकता संयोजन समितिको बैठक बोलाइनेछ । यो बैठकले नै पार्टी एकता घोषणाको मिति तय गर्नेछ । स्रोतले भन्यो, ‘सम्भवत जेठ पहिलो सातातिर एकता घोषणा गर्छौं ।’