तुलसीपुर, २० बैशाख
घटनाका भएको २६ घन्टापछि आफन्तले शव बुझेका छन् । मृतकका आफन्त र मेडिकल संचालक बिच भएको सहमति अनुसार एक लाख ५० हजार रुपैयाँ क्षेतिपूर्ति दिने सहमति भएपछि आफन्तले शब बुझेको बताइएको छ ।बिहिबार तुलसीपुर स्थित ज्योति मेडिकल एण्ड बिनोद प्याथोलोजीमा उपचार गर्न आएकी तुलसीपुर उपमहमनगरपालिका ७ पर्सेनी निबासी प्रेमा कुमाल(कलौरी)को मृत्यु भएपछि आफन्तले दोषीलाई कारबाही र क्षेतिपूर्तिको माग गर्दै शव बुझन मानेका थिएनन् ।
हिडेर दिउसो दुइै बजे उपचार गर्न आएकी कुमाललाई पेन्टोप्राजोल नामको सुई चिकित्सकले लगाई दिए लगत्तै मृत्यु भएको आफन्तले आरोप लगाउँदै आएका थिए ।ट्राइकेन एमपिएस झोल औंषधी र पेन्टोप्राजोल सूई चलाएका लगत्तै मृत्यु भएको जानकारी आएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरले डाक्टर प्रकाश नेपाली र संचालक बिनोद धौलाकोटीलाई नियन्णमा लिएको थियो ।