तुलसीपुर, २० बैशाख ।
रोल्पामा बाल विवाह हुन लागेको भन्दै विवाह रोकिएको छ । रोल्पा नगरपालिका २ निवासि १८ बिर्षीय राजकुमार खड्का र सोहि नगरपालिकाकी एक किशोरी विच हुन लागेको विवाह रोकिएको हो । विवाह गर्न भन्दै खड्काले ती किशोरीलाई घरमा ल्याएको थाहा पाएपछि स्थानिय बाल अधिकारकर्मी र मानव अधिकारकर्मि लगायतको सक्रियातमा विवाह रोकिएको हो ।
उनीहरुलाई सम्झाई बुझाई गर्दा पनि अटेरी गरेर विवाह गर्न खोज्दा प्रहरीले केटा,केटी र अभिभावक लाई नियन्त्रणमा लिई जिल्ला अदालत रोल्पामा मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।।
प्रकाशित मिति : २०७५ बैशाख २० गते बिहिवार