सूई लगाए लगत्तै सामान्य बिरामीको मृत्यु

 

तुलसीपुर, १९ बैशाख

समान्य बिमारीको उपचारको क्रममा मृत्यु भएपछि पिडितले छानबिनको माग गरेका छन् ।  तुलसीपुर स्थित ज्योति मेडिकल एण्ड बिनोद प्याथोलोजीमा उपचार गर्न आएकी तुलसीपुर उपमहमनगरपालिका ७ निबासी प्रेमा कुमालको औषधी चलाय लगत्तै मृत्यु भएको पिडितले जनाएका छन् ।
उपचारका लागि आएकी कुमालले भनेको लक्षणका आधारमा मेडिकलका डा.प्रकाश नेपालीले ट्राइकेन एमपिएस झोल औंषधी र पेन्टोप्राजोल नामको सुई चलाएका थिए । औषधी चलाय लगत्तै बिरामीको अवस्था गम्भिर भएपछि मेडिकलले बिरामीलाई राप्ती अंचल अस्पताल तुलसीपुर रिफर गरेको थियो ।
अंचलअस्पताल पुरयाए लगत्तै चिकित्सकले मृत घोषणा गरेको इलका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । पिडित पक्षले घटनाको छानबिन र दोषीलाई कार्बाही नगर्दा सम्म शब नबुझने बताएका छन् ।
यता प्रहरीले मेडिकल संचालक विनोद धौलाकोटी र डा. प्रकाश नेपालीलाई सोधपुछका लागि इलाका प्रहरीमा झिकाइएको प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले बताएका छन् । घटनको सत्यतथ्य छानविनका लागि पिडितहरु अहिले पनि इलाका प्रहरी कार्यालय तुलसीपुरमा बसीरहको छन् ।

 

 

प्रकाशित मिति : २०७५ बैशाख १९ गते बुधवार
प्रतिक्रिया