सल्यानमा ३ हजार बढिले राहदानि लिए

शान्ती सरु,तुलसीपुर १९ बैशाख ।
चालु आर्थिक बर्षको ९ महिनामा सल्यानबाट ३ हजार बढिले राहदानि लिएका छन । वैदेशीक रोजगारीमा जानका लागि ३ हजार १ सय १७ जनाले राहदानि लिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जानकारी दिएको छ ।

जसमा दु्रुतगतिबाट महिला २८१ र पुरुष २ हजार १ सय ३७ गरी २ हजार ४ सय १८ जनाले राहदानि लिएका हुन । यसैगरी सल्यानबाट महिला ६५ र पुरुष ६ सय ३४ गरी जम्मा ६ सय ९९ जनाले राहदानी लीएका छन् ।
यसैविच सल्यान बाट वैदेशिक रोजगारमा जानेहरुको संख्यामा केहि कमि आएको छ ।

कार्यालयको तथ्याङक अनुसार वितेको आर्थिक वर्ष २०७३/०७४ मा ४ हजार ६ सय ६८ जनाले राहदानि लिएको कार्यालयका नासु भुपेन्द्रसिंह थापाले जानकारी दिएका छन् । जसमा दु्रतगतिबाट ३ हजार ४ सय ९३ पुरुष र २ सय ४१ महिला गरी ३ हजार ७ सय ३४ जनाले राहदानि लिएका थिए ।

यस्तै कार्यालयबाट ५१ महलिा र ८ सय ८३ पुरुष गरी ९ सय ३४ जनाले राहदानि लिएका छन । यसरी चालु आर्थिक बर्ष ०७४/७५ को बैशाख १२ गते सम्मको अवधिलाई हेर्दा केहि कमि आएको कार्यालयका नासु थापाले बताएका छन् ।

प्रकाशित मिति : २०७५ बैशाख १९ गते बुधवार
प्रतिक्रिया