काठ सहित पक्राउ परेको टेक्टर छुटाउन अध्यक्षको प्रहरीलाई दबाब

तुलसीपुर, १८ बैशाख

पश्चिम दाङको शान्तिनगर गाउँपालिका २ बाघमारेमा अबैध चिरान काठ सहित पक्राउ परेको टेक्टर छुटाउन वडाअध्यक्षले प्रहरीलाई दबाब दिएका छन् । करिब आठ बजेको समयमा रा१त २०३४ नम्बरको बाघमारे कृषी ढुवानी सेवाको टेक्टमार चिरान काठ लग्दै गर्दा स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । प्रहरीले टेक्टर नियन्त्रणमा लिन खोजेपछि शान्तिनगर गाउँपालिका वडा नं २ का वडा अध्यक्ष फर्साराम डाँगीले छोड्न दबाब दिएको स्थानीयहले बताएका छन् ।

प्रहरी चौकी चिरेघाटका इन्चार्ज भरत योगीले छानविन पछि छोड्ने भने पनि अध्यक्ष डाँगीले भने व्यवहारीकता हेर्नुपर्ने भन्दै छोड्नु पर्ने बताए । ‘म जनप्रतिनधि हुँ, मैले भनेको तपाईले मान्नु पर्छ,’ अध्यक्ष डाँगीले भने तपाईको काम मान्छे मारेपछि मात्रै पक्राउ गर्ने हो । यो वनको काम हो वनले हेर्छ तपाइले हेर्न पाउनुहुन्न ।’ वडा अध्यक्ष डाँगीले स्थानीय खानीडाँडा सामुदायिक वन उपभोक्ता समुहबाट स्थानीयले सःमिलमा चिराउन लग्न लागेको भन्दै  यो समाचार तयार पार्दा सम्म राति अबेरसम्म चिरेघाट प्रहरी चौंकीमा लग्नबाट रोकिरहेका थिए ।

प्रकाशित मिति : २०७५ बैशाख १८ गते मङ्गलवार
प्रतिक्रिया