निर्वाचन अपडेटः १३ सय मत गन्दा १०२ मतले विनिल केसी अगाडी

तुलसीपुर, ३० वैशाख ।  तुलसीपुर उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि भएको निर्वाचनमा अहिलेसमको मत परिनाम अनुसार नेपाली काँग्रेसबाट अध्यक्ष पदका उम्मेदवार विनील केसी १ सय २ मतले लिड गर्नुभएको छ । अहिले सवा ४ बजेसम्म १ हजार २ सय मत गणना हुँदा विनिल केसी ६९३, ललितजंग शाह ५९१, उद्योग उपाध्यक्षमा हेमेन्द्र खडका ५१०, विश्व बस्नेत ७११, वाणिज्य उपाध्यक्ष खुशलराम शर्मा ५३३, नरेश राज भण्डारी ६७८, खुल्ला उपाध्यक्ष देवबहादुर केसी ६७५, डिल्लीबहादुर वली ५५०, महासचिव केशवराज केसी ६८०, नरेन्द्र कुमार डाँगी ५४४ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी कोषाध्यक्षमा रुपेशशर्मा ६९४, शेषकान्त ढकाल ४९५, सचिवमा नविन राइ ४२७, भुपालरावत ३१२, खुल्ला सचिव चन्दन वली ३६५, सहकोषाध्यक्षमा दिपेश भण्डारी ५२०, किशोर कुमार वली ४९१ मत प्राप्त गर्नुभएको छ ।।

प्रकाशित मिति : २०८१ बैशाख ३० गते आइतवार
प्रतिक्रिया