मदनदाश बस्नेत
श्रम तथा रोजगार राज्यमन्त्रीमा नियुक्त भएपछि पहिलो पटक तुलसीपुर उपमहानगरपालिकाले राखेको स्वागत कार्यक्रममा डिल्ली चौधरीले भनेका थिए “ अहिले आएको बाढीपीडितको समस्या सधैका लागि हल गर्न मैले अहिलेका प्रधानमन्त्री शेरवहादुर देउवासँग कुरा गरेको छु केही दिनमै दुइ अरब आउँछ ”
चौधरीको त्यतिवेलाको भनाई मिडियामा मसला वन्यो । उनी यहाँको सबैभन्दा विकासप्रेमी नेताका रुपमा फेसवुकभरि छाए । धेरैले लेखे “डिल्ली चौधरी जस्तो नेता चाहियो ” । उनले बोलेको बेलामा दाङ्ग अझ त्यसमा पनि तुलसीपुर बाढीले आक्रान्त वनाएको थियो । मन्त्री जस्तो मान्छेले वोलेको कुरालाई सबैले आशा गरेर बसे । तर विडम्वना दुई अरबको कुरा परै जाओस् सामान्य सहयोग समेत उनीबाट पाउन सकेनन् । बाढीले जनताको घरबास वगाएर लैजादा पनि उनले कुनै कदम चाल्न सकेनन् । कहिलेकाही भत्किएका ठाउँमा गएर मोडलिङ्ग भने गरिरहे ।
राज्यमन्त्री जस्तो पदमा पुगेको र देउवाको निकट रहेको व्यक्तिका रुपमा आफुलाई हरेक पटक चिनाउन चाहने चौधरीको दुई अरब हात्ति आयो हात्ती आयो फुस्सा भयो । जनताले आश गरिरहे , सासै गयो तर केही पनि आएन ।
अव फेरी वर्षाको समय आउदैछ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ मा रहेको वाटो अझै उस्तै छ । यो विचमा कुनै पनि केन्द्रीय नेताले त्यसका लागि पहल गर्न सकेनन् । वजेट राख्न सकेनन् ।
चौधरी पनि निर्वाचनमा मत माग्न त्यो बाटो ओहोर दोहोर गरे तर कहिल्यै त्यो देखेनन्् । वर्षाको समय आउँदैछ चौधरीले तुलसीपुर हात्तिखौवा नेरको वाटोको निरिक्षण गरेर फेरी मोडलिङ्ग सुरुवात गरेका छन् । कुनै पनि भत्किएको संरचनामा गएर फोटो खिचाउँदै अवश्य पनि विकास हुदैन न त जनताले विश्वास गर्छन । अहिले पनि प्रदेश सभामा माननियका रुपमा निर्वाचित चौधरीले मोडलिङ्गको रहर गर्नुको साटो कामलाई प्राथमिकता दिए उत्तम हुने थियो । सबैलाई थाहा छ राष्ट्रिय प्रकृतिका योजनाहरु स्थानीय सरकारले गर्न सक्दैन । स्थानीय विकासका लागि वजेट तर्जुमा गरिसकेको अवस्थामा ठूलो प्रकृतिको योजनामा स्थानीय तहले वजेट राख्ने हैसियत राख्दैन । उसको काम भनेको केवल दबाव सृजना गर्ने मात्रै हो ।
प्रदेश र संघमा पुगेका नेताहरुले पहल गर्नु नितान्त आवश्यक छ । “माननीय चौधरीज्यू तपाईलाई मोडलिङ्ग गर्ने रहर नै भए , त्यसको निर्माण गरेर मोडलिङ्ग गर्नुस जनताको मन मनमा तपाईको तस्विर पोष्ट हुनेछ” अन्यथा झुटा कुरा र फोटोको रहर छाडिदिनुस् । जनताले दुई अरबको तपाईको हावा योजनाबाट वुझिहाले तपाईको नियती ।यसै क्षेत्रबाट तपाईसँगै निर्वाचित भएका अन्य माननीयज्यूहरुले पनि केही गर्न सक्नुभएको छैन । तर उनीहरुले आफुलाई निकम्मा सावित गरेर चुप त लागको छन् । कामै गर्न नसक्ने “विकासप्रेमी” नेताज्यूले पनि आफुलाई निकम्मा सावित गरेर कम्तिमा चुप लागेर वसे राम्रो हुने । भत्किएको ठाउँमा मोडलिङ्ग गर्नका लागि जनताले तपाईलाई मत दिएका हैनन् । कामलाई प्राथमिकता दिनुभयो भने हिजो दुई अरबको “झुटो सपना” जनताले भुल्ने थिए की ?