बिपीको‘विद्रोह)’नामक पुस्तक पढेपछि गरिएको टिप्पणी

लोकतान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व साहित्यकार एवं राजनीतिज्ञ दिवङ्गत बिपि कोइरालाले विभिन्न कालखण्डमा गरेका विद्रोहसङ्घर्षपूर्ण घटना प्रवृत्तिबारे जानकारी दिने हेतु पत्रकार जगत नेपाल द्वारा मिहिनेत साथ तयार पारिएको पुस्तक” बिपीको बिद्रोह”नामक पुस्तक पढी भ्याइ एक पाठकिय टिप्पणी प्रस्तुत गर्दैछु। बिपिबारे लेखिएका अन्य पुस्तकहरू समेत संकलन गरेको छुF। क्रमशः अध्ययन गरिनेनै छ।

    पुस्तकको शुरूमा गर्भे बिद्रोही भनेझै बिपीको जेठी आमा रुक्मिणी देविको प्रसुती व्यथाको क्रममा अस्पतालमा जान नपाइ मृत्यु भएकोले उनका पिता कृष्ण प्रसाद कोइराला मानसिक आघातमा पुगेको र उनकी आमा दिब्याको प्रसुतिको अवस्थामा त्यो स्थिति नदोहोरियोस् भन्नाखातिर उनका बुवाले त्यस समयमा अस्पताल नगइ घरमानै सुत्केरी हुने भन्ने घरपरिवारको मान्यता र परम्परालाई तोडदै अपनाएको जुक्ति अनुसार दिब्यालाइ अस्पतालमा लगि सल्यक्रिया द्वारा जन्म भएको त्यस घटना प्रक्रियालाई बिपि स्वयंले मेरो जन्म द्विविधामा भएकोले जन्मने घडिमै मैले अड्डिपनको परिचय दिदैमाथी बल प्रयोग गरिएको हुनाले सायद जीवनभर बिद्रोही रहेको होला भन्ने प्रसङ्ग उल्लेख गरिएको छ। कोइराला परिबार किन देश निकाला गरिए?  राणा सरकारबाट सर्वश्व सहित देश निकाला गरिएका र कोपभाजनमा परि भारत प्रबाशमा लखेटिएका कोइराला परिवारले भारतमा रहँदा  के कस्तो आर्थिक अभावको कहर ब्यहोर्नु पर्यो?बृटिश उपनिबेश बिरुद्द चलेको भारतीय स्वतन्त्रता संग्राममा त्यस परिवारले खेलेको राजनीतिक भूमिका कस्तो रहयो ? बनारस स्थित सरकारी स्कुलमा पढ्दै गरेका ९ बर्षका मातृका र ७ वर्षका बिपीले  सरकारी स्कुल पढ्न किन  छाडे? शुरुमा बिपि कसरी कम्युनिस्ट विचारधारा प्रती आकर्षित भए?र के कारणले कम्युनिस्ट प्रतिको मोह भंग भयो? यसबारेमा निकै रोचक ढंगले चर्चा गरिएको छ। 

 त्यसैगरि पुस्तकमा भारत छोड आन्दोलनको क्रममा भारतको बिहार हजारिवाग जेलमा राखिएका समाजवादी नेताहरु जयप्रकाश नारायण र राममनोहर लोहिया जेलबाट भागी सप्तरी,बिराटनगर र धरानमा आइबसेकोमा ती बिद्रोही नेताहरूलाई कोइराला परिवारले आश्रय दिएको आरोपमा कृष्ण प्रसाद कोइराला भारतमै  पक्राउ परेको र भारतिय सरकारले उनलाई नेपालमा सुपुर्दगी गरे पश्चात्  नजरबन्दबाट मात्र सजाय कम भएको भन्दै जेलमा राखेको अबस्थामा बिमारि भै बाहिर ल्याएको सतौँ दिनमा बिपीका पिता कृष्ण प्रसाद कोइरालाको दु:खद निधन हुन पुगेको र मृत्युको त्यस क्षण र अवस्थामा बिपि सशरीर उपस्थित हुन नसकेको र नपाएको घटना विवरण पनि पुस्तकमा समावेश गरिएको छ। 

त्यसैगरी पुस्तकमा प्रधानमन्त्री जुद्धशमशेर राणाको लगानीमा स्थापना भएको बिराटनगर जुटमिलमा मजदुर आन्दोलन कसरी बिकसित भयो? त्यसक्रममा पक्राउ परेका बिपि, गिरिजा, मनमोहन,तारिणी मध्य बिपि कसरी रिहा भए?  उनको रिहाईका लागि भारतीय रास्ट्रपति डा.राजेन्द्रप्रसादमहात्मागान्धीले के कस्तो भूमिका खेले? बिपिले राणा निरोधी आन्दोलनलाई थप सशक्त र प्रभाबकारी बनाउन ग्रीनेट बमको सहयोग उपलब्धको लागि गान्धीलाई अनुनय गर्दा गान्धीले बिपिको त्यो प्रस्तावलाई किन समर्थन गरेनन्? गान्धीको हत्या भएको दिन त्यस रात बिपि किन चयन संग सुत्न सकेनन् ? प्रधानमन्त्री मोहन शमशेर संग face to face सम्बाद गर्न चाहेका बिपीले त्यसको उल्टो किन र कसरी जेलनेल र हतकडी सहित कठोर यातनाका साथ कालकोठरीमा दिनहरु धकेल्न पर्यो ? आफू बन्दीगृहमा रहदा duty मा तैनाथ सिपाहीसंग सम्बन्ध कायम राख्दै उनी मार्फत भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु समक्ष चिट्ठी पुर्याएको  र बिपीलाई अमानवीय हिसाबले राखिएको बारे भारतीय पत्रपत्रिकामा प्रकाशित खबरले उनको रिहाइको लागि दबाब सिर्जना भएको र त्यस  लगत्तै बिपि रिहा भएको ,सशस्त्रबल र धनबलमा टिकेको राणा शासन ढाल्नलाई शान्तिपूर्ण संघर्ष होइन, सशस्त्र संघर्षनै आवश्यक पर्ने ठहर सहित २००७ असौज दोस्रो साता बसेको नेपाली काङ्ग्रेसको सम्मेलनबाट पारित रणनीतिलाई व्यबहारमा कार्यान्वयन गर्न त्यसका मुख्य रणनीतिकार सुवर्ण शमशेर राणाको जोडबल,आर्थिक सहयोग,भरथेग,सैन्य तालिम र हतियार व्यवस्थापनको प्रबन्ध मिलाइको र त्यसको लागि बर्माबाट हतियार लिने बन्दोबस्ती कसरी मिलाइयो? हतियार भित्र्याउनमा के कस्ता अप्ठ्यारा,चुनौती र सकस आइपरे ?यसबारेमा पनि चर्चा गरिएको छ।

त्यसैगरी पुस्तकमा कांग्रेस नेता चक्रप्रसाद बास्तोलाले सशस्त्र संघर्षको तयारीको लागि हतियार सकंलन तथा बन्दोबस्ती मिलाउन भारतीय डांका,तस्करहरु लगाएत युरोपियन व्यक्ति संग सम्पर्क बढाइ संकलन गरिएका एक ट्रक हतियार ओसारपसारको लागि भारतिय समाजबादी नेता चन्द्रशेखरको गाडी समेत प्रयोग गरेको,संकलित हतियार गिरिजा प्रसाद कोइरालाको कमान्ड र क्याप्टेन यज्ञ बहादुर थापा रहने गरि  सैनिक क्याम्प सञ्चालन खडा भएको भारतकै फारबेसगंज स्थित ईलाकामा रहने गरेको,उक्त संकलन गरिएका हतियार बंगलादेशमा स्वतन्त्रता आन्दोलन शुरु भएकोले बंगलादेश स्वतन्त्र भए पश्चात् त्यो भन्दा धेरै सहयोग दिने शर्तमा भारतीय समाजवादी नेता जयप्रकाश नारायणको आग्रहमा सहयोग गरेकोमा बंगलादेश स्वतन्त्र भए पश्चात् न हतियार फिर्ता भएको न त्यसबापतको मूल्य प्राप्त भएको ?

 त्यस घटना पछि बिपिले नेपालमा सशस्त्र क्रान्तिका लागि भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी संग भेटवार्ता गरि १ करोड बराबर रकम सहयोग दिनुपर्ने मागलाई शुरुमा सकारात्मक रहेकी इन्दिराले उल्टो राजा र प्रजातन्त्रबादिलाइ जुधाइ भारतिय स्वार्थ पूरा गराउने रणनीतिमा लागेकी जस अनुसार इन्दिराले आफ्नोतर्फबाट एक सन्देशबाहक बिपि कहाँ पठाइ सुरक्षा र विदेश मामिला भारतलाई जिम्मा दिएमा जीवनभरि प्रधानमन्त्री बन्न बनाउन सहयोग गर्न सक्ने सन्देशलाई बिपीले ठाडै इन्कार गरि बरु राजाको अगाडि घुंडा टेक्ने तर भारतको स्वार्थ अनुकूल नहिंड्ने दुत मार्फत खबर पठाए पछि भारतले बिपीलाई अनावश्यक दु:ख दिई जहाँतहीँ गाडी रोक्ने खानतलासी गर्ने जस्ता हर्कतहरु बढेको घटना प्रवृत्तिबारे पनि रोचक ढंगले चर्चा गरिएको छ।

   त्यसैगरी पुस्तकमा नारायणहिटी राजदरबारमा पिजडाको पन्छी सरह जीवन बिताइरहेका राजा त्रिभुवन कसरी सपरिवार भारतीय राजदूतावासमा शरण लिदै दिल्ली सम्म पुगे?त्यस घटनाले राणाहरुमा के कस्तो दबाब र संकट आइलाग्यो? सन १९५० nov २० तारिखमा मुक्ति सेनाका कमान्डर थिरबम मल्लको नेतृत्वमा मुक्तिसेनाले कसरी बिरगंज कब्जा गर्यो ? कब्जा गरिएका हा.ह.गो.ग.बाहेक नगद रकम ३५ लाख राजा त्रिभुवन कहाँ जम्मा गर्नुपर्ने निर्णय बिपि, मातृकासुवर्णहरुले किन लिए? उक्त रकम लिइ भारत तर्फ गएकोमा दिल्ली airport मा भारतीय सुरक्षाकर्मीहरुले केरकार सहित किन रकम कब्जामा लिए? यहि घटनालाई लिएर भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु किन बिपि संग आक्रोशित हुन पुगे?बिरगंज कब्जा गर्ने नेतृत्वदायी भूमिका खेलेका र मुक्ति सेनाको गठन देखि हा.ह.बन्दोबस्तीको काममा अतुलनीय योगदान पुर्याएका थिरबम मल्ल कसरी र कुन अवस्थामा मारिए ? यसबारेमा पनि लेखकले खोजमूलक सामाग्री पस्केका छन्।

   त्यसैगरी  पुस्तकमा मुक्ती सेनाले कसरी २/२ पटक विराटनगर हमला गर्यो? हमलामा बिपि,गिरिजा र तारिणी तिनै भाइहरुले कसरी कुन योजनाका साथ नेतृत्व सम्हाली जनमुक्ति सेना परिचालित गरेका थिए?नेपाली काङ्ग्रेसले सुरु गरेको सशस्त्र  संघर्ष उत्कर्षमा पुगेको बेला राणाहरूलाई आफ्नो हुकुमी शासन समाप्त हुने डर संगै प्रधानमन्त्री मोहन शमशेरको उक्साहटमा मुक्तिसेनालाइ टक्कर दिन खुकुरी दल हुँदै गोरखा दल गठन गर्न पुगेको कुरा र खुकुरी दलको आतंकको बिषय प्रसङ्ग पनि पुस्तकमा चर्चा गरिएको छ।त्यसैगरी पुस्तकमा २००७ फाल्गुन ७गते राणाबाट राणाशाहिको अन्त्य र प्रजातन्त्रको घोषणाको अङ्ग्रेजी  मस्यौदा दिल्लीमै तयार पारिएको र त्यही मस्यौदा अनुसारनै नेपालको इतिहासमा सत्ता हस्तान्तरणको सुरुआत संगै राणा, काङ्ग्रेस र राजाका प्रतिनिधिबाट समावेश हुने गरि मन्त्रीमण्डल बिस्तार गरिएको र जसमा प्रधानमन्त्रीमा पुन:राणा परिवारबाट मोहन शमशेर र गृहमन्त्रीमा बिपि कोइराला हुन गएको प्रसङ्गबारे पनि चर्चा गरिएको छ । 

  यहाँनेर पुस्तक पढिरहेका पाठक अचम्मित हुन पुग्दछ्न कि ;बिपि जस्तो क्रान्तिकारी नेताले किन राणा प्रधानमन्त्रीलाई स्वीकार गर्दै उनकै मातहतमा बस्ने मन्जुर गरे ? प्रधानमन्त्री पछि बरियता क्रममा दोस्रो रहेका उनी किन तेस्रो बरियतामा रहेका रक्षामन्त्री बबर शमशेरको कुरा सुनी बबर शमशेर पछि तेस्रो positionमा रहन राजी भै नादानी काम गरे भन्ने प्रश्नले घोचिरहन्छ ।त्यसैगरी पुस्तकमा गोर्खादलको नाममा जनतालाई आतंकित बनाएको भन्दै सरकारले त्यसको नेतृत्वकर्ता भरतशमशेरलाई थुनेको निहुँमा प्रधानमन्त्री मोहन शमशेर र गृहमन्त्री बिपि बिच भनाभन र चर्काचर्की परेको, राणाहरुले आफ्ना समर्थक र आठपहरिया लगाइ थुनामा रहेका भरतशमसेरलाइ वलपुर्वक थुनाबाट बाहिर निकालि,बिपि बसेकै निवासमा गै नाङ्गो खुकुरी नचाउँदै  कोइराला परिवारलाई आतंकित र त्रसित बनाएको र अन्त्यमा मारकाट र बिपि माथिनै आक्रमण हुने स्थिति आएपछि बिपीले गोलि चलाउन बाध्य भएको,प्रधानमन्त्रीकै संरक्षणमा बिपि माथि आक्रमण भएका कारण राणा र काङ्ग्रेस बिच द्वन्द्व चर्किएको, त्यही द्वन्द्वको फाइदा उठाउदै राजा सक्रिय हुन खोजेको र त्यसैको फलस्वरूप सिंहदरबारमा प्रधानमन्त्रीको सुरक्षार्थ खटिएको बिजुलि गारत सिहदरबारबाट नारायणहिटिमा सारिएको त्यस लगत्तै राजाको चमकदमकमा बढोत्तरी आएको प्रसङ्ग पनि पुस्तकमा चर्चा गरिएको छ। 

त्यसैगरी  पुस्तकमा गृहमन्त्री माथी भएको साङ्घातिक आक्रमणको जिम्मेवारी लिदै प्रधानमन्त्री मोहन शमशेरको राजीनामा पत्रको मस्यौदा मन्त्री परिषदको टेबुलमा पुगिसकेकोमा भारतीय हस्तक्षेप द्वारा उक्त राजीनामा पत्र झिक्न लगाइ राजीनामा रोकिएको प्रसङ्ग पनि पुस्तकमा चर्चा गरिएको छ।त्यस्तै पुस्तकमा २००८ साल कार्तिक २० गते काठमाडौ बिश्वनिकेतन हाइस्कुलमा अध्ययनरत १४ बर्षिय चिनियाकाजी बिद्यार्थी आन्दोलनको क्रममा मृत्यु भएको बिषयमा घटनाको नैतिक जिम्मेवारी लिदै गृहमन्त्री बिपिले दिएको राजीनामा पछि तत्काल सत्ता परिवर्तनमा भारतीय संस्थापनको हस्तक्षेप र डिजाइन अनुसार बिपिका दाजु मातृकाप्रसाद कोइरालालाई प्रधानमन्त्रीमा छनौट गरिएको प्रसङ्ग पनि पुस्तकमा समाबेश गरिएको छ।

 उपरोक्त घटना प्रबृत्तीबाट यसै बुझिन्छ कि; भारतले नेपालको आन्तरिक मामिलामा कति धेरै हस्तक्षेप गर्दोरहेछ ?  त्यसैगरी पुस्तकमा २०१५ को आम निर्वाचनमा नेपाली काङ्ग्रेसको दुई तिहाइ बहुमत हांसिल प्रधानमन्त्री बिपि कोइरालाको  प्रथम निर्वाचित सरकारले पाकिस्तान संग कुटनैतिक सम्बन्ध बिस्तारको पहल गरेको, इजरायललाई मान्यता दिएको , भारत भ्रमणको सिलसिलामा गएको बखत आगामी चीन भ्रमण लाई लक्षित गरि भारतीय प्रधानमन्त्री नहेरुले के गर्ने,के नगर्ने भन्ने सवालमा अनावश्यक सुझाब प्रस्तुत गरेकोमा त्यस सुझाव उपर सार्बभौमिकताको अपमान हुने जबाफ दिएको,चीन भ्रमणबाट फर्किए लगत्तै मुस्ताङको सिमा नजिक नेपाली भूमिमा चिनिँया फौजले कारवाही चलाउदा नेपाली नागरिकको हत्या भएको बिषयमा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले त्यहाँको संसदमा बोलेको बिबादास्पद अभिव्यक्ति बिरुद्ध बिपिले नेपाल स्वतन्त्र,सार्बभौमसत्ता सम्पन्न मुलुक रहेको हेक्का नेहरुमा हुनुपर्ने भन्दै कडा प्रतिक्रिया दिएकोमा नेहरु बिपि संग असन्तुष्ट रहेकै अवस्थामा नेहरुकै सल्लाह साहुतीमै राजा महेन्द्रले ०१७ पौष १ गते निर्वाचित सरकारलाई अपदस्त गर्ने जमर्को गरेको र निर्वाचित प्रधानमन्त्री बिपि कोइरालाइ अपमानपूर्वक पक्राउ तथा गिरफ्तार गरि राजा महेन्द्रको निरंकुशताको कोपभाजनमा परेको प्रसङ्ग ब्यहोरा बारेमा पनि पुस्तकमा चर्चा गरिएको छ।

  त्यसै गरि पुस्तकमा लेखकले शाही कुको घटना पछि बिपि, गणेशमान लगाएतका मुख्य नेतृत्व गिरफ्तार भएपछि काङ्ग्रेसजनमा देखापरेको अन्यौल,छट्पटी निराशाकै अवस्थामा भारतमा रहेका सुवर्ण शमशेरकै आडभरोसा र निर्देशनमा सरकार बिरुद्ध सशस्त्र संघर्ष क्रान्ति गर्ने उद्देश्यले पुनः दोस्रोपटक २०१८ कार्तिक १६ गते सशस्त्र क्रान्ति गर्ने उदघोष गरिएको तर हतियार तथा बिष्फोटक पदार्थ भारतबाट नेपाल भित्रयाउने क्रममा पक्राउ परेका नेता कार्यकर्ताहरुबाट सूचना चुवावटतितरबितरको अबस्थाले थप अन्यौलता सिर्जना भएको, शाही कु को औचित्य स्थापित गर्न देश दौडाहामा निस्केका राजा महेन्द्र माथी  जनकपुरमा नेपाली काङ्ग्रेसका युवा नेता दुगानन्द झाले बम प्रहार गरेकोमा फासिको सजाय र वम लुकाइ ल्याउने १३ बर्षे अरबिन्द ठाकुरलाई जन्मकैदको सजाय सुनाइएको बारे पनि पुस्तकमा चर्चा गरिएको छ।

त्यसैगरी पुस्तकमा राजा महेन्द्रले शाही कु गरे पछि २०१८ कार्तिक२६गतेबाट शुरु भएको सशस्त्र क्रान्ति०१९ कार्तिक२३ गते १ बर्षकै अबधिमा किन,कुन अवस्थामा स्थगित गर्नुपर्यो ? स्थगित भैसकेपछि पार्टी गतिविधिमा आएको संकट के कस्तो रहन गयो र त्यसले के कस्तो प्रभाव पार्यो?शाहि कु पछि गिरफ्तार भै सुन्दरीजल जेलमा ८ बर्ष बन्दिजीवन बिताइरहेका बिपि के कसरी रिहा भए ? दाजु गिरिजालाई जेलमुक्त गराउन भाइ गिरिजा र भारतको भूमिका र दबाब के कस्तो रहयो?यसबारेमा पनि पुस्तकमा चर्चा गरिएको छ। त्यस्तै पुस्तकमा २/२ पटक सम्म सशस्त्र सङ्घर्षको पहलकर्ता र संरक्षणकर्ता समेत रहेका सुवर्णले सुन्दरीजेलबाट बिपि र गणेशमानले छुटकारा पाएपछि सशस्त्र संघर्षको बेला जम्मा गरेका सबै हतियार भारत सरकारलाई बुझाएको,भारत सरकारको सहयोग बिना राजनीति टिक्न नसक्ने बताइरहदा बिपिले त्यस विषयमा फरक मत राखेको र यसै बिषयमा ती दुबै नेता बिच मत बाझिएको प्रसङ्ग पनि पुस्तकमा समेटिएको छ।

त्यसैगरी  पुस्तकमा २०३० जेठ २८ गते  गिरिजाको योजनामा,दुर्गा सुबेदिको नेतृत्वमा कसरी राष्ट्र बैंकबाट नगद ३० लाखभारु सहित बिराटनगरबाट ktm तर्फ उडन लागेको शानेसेको जहाज अपहरण गरि भारतको फारबेस गन्जमा अवतरण गराइयो? आफूहरु अपहरणमा परेको खबर पाएका जहाजमा यात्रारत अन्य यात्रुहरूको मनोदशा कस्तो थियो?ओखलढुंगा आक्रमण गरि कब्जामा लिने र समानांतर सरकार चलाइ राजालाई झुकाउने रणनीति अन्तर्गत ओखलढुंगा आक्रमणको तयारीको सूचना कसरी चुहियो ? सेनाको ब्यारेक कब्जा गर्न हिडेका मुक्तिसेनाका लडाकु दस्ताहरु कसरी सेनाको फन्दामा परि मृत्युवरण गर्न पुगे ? सैन्य कमान्डर यज्ञ ब थापा समेत कसरी पक्राउ ओखलढुंगा कब्जाको मिसन किन असफल भयो ? यसबारे पनि चर्चा गरिएको छ।

त्यसैगरी पुस्तकमा विशेषत ओखलढुंगा आक्रमणको  मिसन असफल हुनु र सशस्त्र संघर्षको क्रममा धेरै धनजनको क्षेती भए पछि सोंचमग्नमा रहेका बिपीले त्यही समयमानै  पुर्बी पाकिस्तान टुक्रिएर स्वतन्त्र बङ्गलादेश बन्नु, सिक्किम भारतमा बिलय हुनु, भारतमा संकटकाल घोषणा भै बिरोधि आवाज थुन्न कोसिस गरिनु मुलुकको राजनीतिक अस्थिरता र सिङ्गो दक्षिण एशियामा राजनीतिक उथलपुथलले गर्दा बिपि झनै सशंकित हुन पुगि पराइ भूमिमा आस्रित भै सशस्त्र क्रान्तिबाट प्रजातन्त्र सम्भव छैन बरु त्यसले राष्ट्रियता कमजोर बनाउन चाहाने शक्तिलाईनै बल पुग्छ भन्ने निष्कर्षका साथ  आफू माथी राजद्रोहका ८ वटा मुद्दा  थातिनै रहेको र जुनसुकै समयमा ज्यानको जोखिम हुने र उस्तै परे फाँसी पनि हन सक्ने जोखिम मोल्दै बिपिलेबर्षको प्रबासको जिन्दगी ब्यतित पछि ०३३ साल पौष १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति अख्तियार गरि स्वदेश फर्कने निर्णय गरेको,बिपि स्वदेशमा फर्कदा उनि सहित प्रवासमा रहेका गणेशमान सिहं, रामबाबु प्रसाईं ,शैलेजा आचार्य,निलाम्बर पन्थी ,खुम बहादुर खड्का सहित ६ जना नेता समेत फर्किएको, फर्किए लगत्तै विमानस्थलबाटै बिपि सहितका नेतालाई  पंचायती सरकारले गिरफ्तार गरि जेलमा पुर्याएको,सुरुमा आफ्नो नेताले त्यस्तो निर्णय लिएकोमा काङ्ग्रेस नेता गणेशमान सिंह,घर परिवार र शुभेच्छुकजनले फरक मत दर्ज गरेको घटना विवरणबारे पनि रोचक ढंगले चर्चा गरिएको छ।

  यसरी  स्थापना भएको दुई दशकमै २००७,०१८०२९सालमा सशस्त्र क्रान्ति चलाएको नेपाली काङ्ग्रेसले हतियारको राजनीतिलाई बिसाएको र ती दु:ख गरि आर्जेका हतियार गो.ग.केही भारतको गंगा नदिमा र नेपाल भित्र्याइएका हतियार कोशी नदिमा बगाइ नष्ट गरिएको रोचक घटना विवरणबारे पनि चर्चा गरिएको छ। 

पुस्तक पढिरहेको पाठक यदि राजनीति प्रती गहिरो चासो राख्ने स्वभावको छ भने जसरी ओखलढुंगा आक्रमणमा पराजय ब्यहोर्नु र थुप्रै मुक्ति सेनाका लडाकुहरूले बिरगती प्राप्त गरेपछि बिपीले सशस्त्र संघर्षको राजनीति परित्याग गरि शान्तिपूर्ण राजनीतिमा अवतरण गर्ने सोच बनाए ठिक त्यस्तै पूर्व माओवादीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा १०बर्षे सशस्त्र संघर्ष उत्कर्षमा पुग्दै गर्दा रुकुमको खारामा सेना संगको आक्रमणमा माओवादी जनमुक्ति सेनाले पराजय ब्यहोर्नुको साथै थुप्रै लडाकुहरूको वीरगति प्राप्त गरेको घटना लगत्तै त्यस सशस्त्र बिद्रोहका नेता प्रचण्डले युद्धलाई स्थगित गर्ने मनस्थिति बनाएको परिवेशमा ती दुबै नेता बिपि र प्रचण्डले शान्तिपूर्ण सङ्घर्षको राजनीतिलाई अख्तियार गर्न पुग्नु समय चेतको आवाज र माग रहेको घटना प्रबृत्तीले यसै बताउँछ।

यसरी उपरोक्त घटना प्रबृत्तले गर्दा पनि बिपिले आफू माथी राज्य बिप्लब लगाएत ८ वटा मुद्दा  कायममै रहेको अबस्थामा राष्ट्रिय अन्तर्राष्ट्रिय स्थितिलाई विश्लेषण गर्दै मेलमिलापको नीति अख्तियार गरि ८ बर्ष लामो प्रबासको जीवन त्याग्दै स्वदेश फर्कने निर्णय गरेको कुरा उल्लेख गरिएको छ।

यद्यपि  सशस्त्र संघर्ष चालू राखेमा त्यसले राष्ट्रिय सुरक्षामा असर पर्नुको साथै वैदेशिक हस्तक्षेप समेत बढ्ने भएकोले स्थगन गर्नुपर्ने भन्ने काङ्ग्रेस नेता सुबर्णशम्सेर राणाको मतमा बिमती प्रकट गरि सशस्त्र संघर्षलाइ निरन्तरता दिएका बिपि कोइरालाले पनि राष्ट्रिय सुरक्षाको सवाल उठाइ हतियारको राजनीतिलाई बिसाउने निर्णय गर्दा त्यसमा असंतुष्ट काङ्ग्रेसजन भए जस्तै माओवादीको मूख्य नेतृत्वले हतियारबन्दको राजनीतिलाई स्थगन गरे पछि त्यस पार्टीमा असन्तुष्टिका स्वरहरु नआएका होइनन् ।

पुस्तक पढिरहेका पाठकलाइ एउटा कुराले बेस्मरी चिमोटिरहन्छ त्यो के भने बिपिले जसरी राष्ट्रियता,प्रजातन्त्र र नागरिक अधिकारको खातिर राजसंस्था प्रती नरम नीति लिए, आफू राजा संग मिलेरै अगाडि बढ्ने संकल्प गरे तर ००७सालदेखि नै राजसंस्थाले नेपाली काङ्ग्रेस र त्यसका नेता बिपिलाई कहिल्यै आफ्नो देखेन बरु घृणा, ईष्र्या, तिरष्कारअपमान,जेलनेलको ताडना दिइरहदा पनि नेपाली काङ्ग्रेसले राजसंस्था प्रति विश्वास र आदरभाव राखिरहनुको अर्थ के होला?के कम्युनिस्ट फोबियाले हो या अन्य?यस कुराले पाठकलाई घोचिरहन्छ । त्यस्तै पुस्तक पढिरहेको गम्भीर पाठक के निष्कर्षमा पुग्छ भने ००७सालको क्रान्ति देखिनै नेपालमा हुने हरेक सामाजिक आर्थिक, सांस्कृतिक, राजनीतिक परिघटना र क्रान्तिका चरणहरुमा भारतको गम्भीर चासो,निश्चित स्वार्थ सम्बन्ध, निग्रानी, प्रत्येक्ष अप्रत्यक्ष सहयोगी भूमिका रहेको र नेपालमा क्रियाशील मुख्य राजनैतिक पार्टी नेतृत्वले भारत संग सहयोगको याचना गर्दै लुते,दब्बुहिन मनोग्रन्थिले काम गरेको स्वत स्पष्ट बुझिन्छ । यहि पृष्ठभूमिको जग आधारमानै भारतले आफूलाई सदैब दाता,अभिभावकठूल्दाजु सम्झी आफ्नो देशको सहयोग र भरथेग बिना नेपालले कुनै महत्त्वपूर्ण निर्णय लिन सक्दैन भन्ने दम्भी नीति अख्तियार गरि बेलाबेलामा भाइकान्छोलाइ जस्तै हेप्ने,दपेट्ने प्रयत्न गरिराखेको यसै बुझिन्छ

यसरी राणाहरूको चाकडी गरि मानप्रतिष्ठा नोकरी ब्यबसायमा उन्नति गर्ने प्रशस्त अवसर र मौकालाई समेत लत्याइ नागरिक अधिकार र प्रजातन्त्रको खातिर कोइराला परिवारले पुर्याएको योगदान, पृष्ठभूमि र सचेत बिद्रोहलाई पुस्तकले समेट्न सफल भएको छ। विशेषत कोइराला परिवार र नेपाली काङ्ग्रेसको राजनीतिक पृष्ठभूमिबारे जान्न बुझ्न चाहाने हरेक जिज्ञासु पाठकका लागि पुस्तक पठनियसंग्रहनिय छ। अन्त्यमा निकै मिहिनेत साथ कोइराला परिवारको सचेत बिद्रोहलाई पुस्तकाकारका रुपमा तयार पारी पाठक माझ  ल्याउन सफल लेखक तथा पत्रकार जगत नेपाल साधुबादका पात्रका रुपमा दरिएका छन्। 

०८१ बैशाख २८ ,दाङ तुल्सिपुर 

प्रकाशित मिति : २०८१ बैशाख २८ गते शुक्रवार
प्रतिक्रिया