तुलसीपुर, वैशाख १८ ।
प्रतिनिधिसभाका सदस्य हिराचन्द्र केसीले मजदुरहरुको हक र अधिकारका लागि आफु प्रतिबद्ध रहेको बताएका छन । १ सय २९ औ विश्व मजदुर दिवसका अवसरमा शुभकामना शन्देस दिदै उनले यस्तो बताएका हुन । आठ घन्टा काम,आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको मान्यता लाई लागु लागु गर्नुपर्ने उनले उल्लेख समेत गरेका छन ।
दाङ निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित केसीले जव सम्म मजदुरहरुको सुरक्षा र पेशाको ग्यारेन्टी हुदैन तव सम्म देश समृद्ध हुन नसक्ने बताएका छन । यसका साथै दिवशले सम्पुर्ण मजदुरहरुलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्ने विश्वास समेत गरेका छन ।
प्रकाशित मिति : २०७५ बैशाख १८ गते मङ्गलवार