तीन सय ६५ दिनमा एक दिन सम्झेर वुद्धत्व प्राप्त गर्न सकिन्न : मेयर पाण्डे

 

 

तुलसीपुर, १७ बैशाख
गौतम वुद्धको असल कामको अनुसरण गरेमा मात्रै समाज शान्ति र समुन्नत रुपमा अघि बढ्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । गौतम वुद्धको २५ सय ६२ औं जन्म जयन्तीका अवसरमा तुलसीपुरमा आयोजना गरिएको कार्यक्रमका वक्ताले यस्तो बताएका हुन् ।
हत्या, हिंसाबाट टाढै रहनु पर्ने भन्दै वक्ताहरुले सवै जातजाती, धर्म, संस्कृतिको सबैले सम्मान गर्नु पर्नेमा जोड दिएका थिए । सो अवसरमा बोल्दै प्रमुख अथिति तुलसीपुर उपमहागनरपालिका मेयर घनश्याम पाण्डेले मानव इतिहासमा गौतम वुद्ध दार्शनिक व्यक्तित्व भएको बताएका छन् ।
‘हामी गौतम वुद्ध जन्मेका देशका नागरिक हौं । आज उनको विश्वमा चर्चा र महिमा छ,’ मेयर पाण्डेले भने,– ‘ तर हामी हाम्रा संस्कृति, परम्परालाई विर्सेर कता कता हराएका छौं ।’
विश्वलाई शान्तिको सन्देश र ज्ञान दिनेका सन्तान भएर पनि हामी मनमा खराब विचार भएकै कारण छट्पट्ीएको भन्दै मेयर पाण्डेले खराव र गतल साेंचले मनमा शान्ति हुन नसक्ने बताउनुभयो । गौतम बुद्धले संसारभर शान्ती, समृद्धि र सद्भावको सन्देश फैलाउन सफल भएको बताउदै पाण्डेले तीन सय ६५ दिनमा एक दिन मात्रै सम्झेर वुद्धत्व प्राप्त गर्न नसकिने बताउनुभयो ।

नेपाल मगर वौद्ध सेवा समाज जिल्ला कार्यसमिति दाङका अध्यक्ष मणी बुढामगरको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर वडा नं. ५ का वडा अध्यक्ष विरेन्द्रकुमार शाहले गुम्वाको विकासका लागी आफुले सक्दो सहयोग गर्ने बताएका छन् । सो अवसरमा आदीबासी तथा जनजाती महासंघका टंकी रानामगर, नेवार समाजका नरेसराज भण्डारी, छन्त्याल समाजका दमबहादुर छन्त्याल, विर बहादुर वुढा, जेष्ठ नागरिक ललितबहादुर वली लगाएतले बोलेका थिए ।
नेपाल मगर संघ नगर कमिटिका सल्लाहकार टोप बहादुर घर्तिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कर्म कुमार बुढाले गरेका थिए । वुद्ध जयन्ती नेपाल मगर वौद्ध सेवा समाज जिल्ला कार्यसमिति दाङका र नेपाल मगर संघ नगर कमिटी तुलसीपुरको आयोजनामा मनाइएको थियो । वैशाख शुक्लपूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका रुपमा पनि लिने गर्दछन् ।

 

प्रकाशित मिति : २०७५ बैशाख १७ गते सोमवार
प्रतिक्रिया