तुलसीपुर, १७ बैशाख ।
राप्ती आँखा अस्पताल रक्षाचौरमा रहेका विरामीहरुलाई फलफुल वितरण गरीएको छ । तुलसीपुर जिप तथा माइक्रो मिनिवस बस व्यवसायी समितिका अध्यक्ष पवनराज बुढाथोकी र गोकर्ण बुढाथोकीले स्वर्गीय आमा पार्वती बुढाथोकीको स्मृतीमा आज राप्ती आँखा अस्पतालमा रहेका दुई दर्जन बढी विरामीहरुलाई फलफुल वितरण गरेका हुन ।
आमाको ८औं दिनको पुन्यतिथिको अवसर पारी अस्पतालमा रहेका विरामीहरुलाई फलफुल वितरण गरेका हुन् । पवनका छोरा विप्लव बुढाथोकी तथा उनका परिवारले अस्पताल पुगेर विरामीहरुलाई फलफुल वितरण गरेका हुन् । तुलसीपुर निवासी बुढाथोकीको यही मिति २०७५ बैशाख १० गते ५७ बर्षको उमेरमा निधन भएको थियो ।
प्रकाशित मिति : २०७५ बैशाख १७ गते सोमवार