काठमाडौ, १७ बैशाख ,
नेपाली कांग्रेसका निर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीको बैठक स्थगित भएको छ । उपसभापति, महामन्त्री र सहमहामन्त्री चयन गर्न सोमबारका लागि बोलाइएको बैठक थप वैशाख २१ गतेसम्मका लागि स्थगित गरिएको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले विशेष कारणले बैठक स्थगित गरिएको जानकारी दिनुभयो । विशेष कारणले भनिए पनि सभापति देउवाले तीनै पदमा आफूपक्षका नेतालाई मात्र नियुक्ति गर्ने गरि बैठकमा प्रस्ताव गर्न लागेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सोमबारको बैठक अस्वीकार गर्ने तयारी गरेपछि सभापति देउवाले बैठक ४ दिनका लागि स्थगित गर्नुभएको हो ।अर्को बैठक बस्नुअघि सभापति देउवाले पौडेल पक्षलाई पनि सहमतिमा ल्याउने प्रयास गर्ने उहाँ निकट नेताहरुले जनाएका छन् ।
प्रकाशित मिति : २०७५ बैशाख १७ गते सोमवार