दंगीशरणका सूचाना अधिकारी खत्री उत्कृष्ट सूचना अधिकारीको रुपमा पुरस्कृत

तुलसीपुर, २२ बैशाख ।  दाङको दंगीशरण गाउँपालिकाका सूचाना अधिकारी टेक बहादुर खत्री उत्कृष्ट सूचना अधिकारीको रुपमा पुरस्कृत हुनुभएको छ । नागरिकको सुसुचित हुने सूचनाको हकमा महत्वपुर्ण भुमिका खेलेको भन्दै उत्कृष्ट सूचना अधिकारी पुरस्कार २०८१ बाट राष्ट्रीय सूचना आयोगले उहाँलाई पुरस्कृत गरेको हो ।

आयोगको १७औं स्थापना दिवसको अवसरमा भएको विशेष समारोहकाबिच राष्ट्रपती रामचन्द्र्र पौडेलले सूचना अधिकारी खत्रीलाई पुरस्कार प्रदान गर्नुभएको हो । साथै आगामी दिनमा पनि सूचनाको हकको प्र्रचलनमा निरन्तर योगदानको अपेक्षा गरिएको आयोगले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ बैशाख २२ गते शनिवार
प्रतिक्रिया