यातायात व्यवसायीहरुद्धारा यातायात व्यवस्था कार्यालय राप्तीको अगाडि प्रर्दशन तथा नाराबाजी

तुलसीपुर, १६ बैशाख,
सरकारले यातायात समिति खारेज गरेको विरोधमा चरणबद्ध आन्दोलनमा उत्रिएका दाङका यातायात व्यवसायीले यातायात व्यवस्था कार्यालय राप्तीको कार्यालय अगाडि आज प्रदर्शन गर्नुका साथै नारावजी गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रदेश नं ५ का केन्द्रीय सदस्य ज्ञानबहादुर बस्नेत नेतृत्वमा गएको टोलीले बिहान १० बजे देखी ११ वजेसम्म यातायात व्यवस्था कार्यालय राप्ती तुलसीपुरमा राबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

उनीहरुले भ्रष्ट गृहमन्त्रीले राजीनामा दे, २०३४ को ऐन लागू गर, व्यवसायीलाई दमन गर्न पाइँदैन, व्यवसायिक एकता जिन्दावाद जस्ता विभिन्न प्लेकार्ड सहित नारावाजी गरेका थिए ।उनीहरूले यातायात समिति खारेज गरेकोमा चर्का नाराबाजी गदै गृहमन्त्री राम बहादुर थापाले पदबाट राजीनामा दिनुपर्ने माग समेत गरेका थिए ।

प्रकाशित मिति : २०७५ बैशाख १६ गते आइतवार
प्रतिक्रिया