२०८२ मङ्सिर २३ गते मङ्गलवार

धामीको शक्ति देखाउने भन्दै नदीमा हाम फाल्दा एक मृत्यु एक बेपत्ता

दाङ, १६ बैशाख,
बाजुराको जगन्नाथमा धामीको शक्ति देखाउने भन्दै दुई जना कर्णाली नदीमा हाम फाल्दा एक जनाको ज्यान गएको छ भने अर्का एक जना बेपत्ता भएकोे जिल्ला प्रहरी कार्यालय, बाजुराले जनाएको छ ।प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) अर्जुन रानाभाटका अनुसार ज्यान जानेमा ६१ वर्षीय मानबहादुर सिंह विष्ट छन् ।

त्यस्तै अर्का ५३ वर्षीय जयबहादुर विष्ट बेपत्ता छन् ।उनका अनुसार बगरमा बसेर काम्दै दुवै जना नदीमा हाम फालेको स्थानीय प्रत्यक्ष दर्शीले बताएका छन् ।घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५ बैशाख १६ गते आइतवार
प्रतिक्रिया