तुलसीपुर बजारमा हर्न निषेधित लेखीएका बोर्डहरु धमाधम राखीदै

लक्ष्मण विश्वकर्मा ,
तुलसीपुर, १६ बैशाख
तुलसीपुर बजारमा लागु गरीएको हर्न निषेधित अभियानलाई थप प्रभावकारी बनाउनका लागी बजारमा धमाधम होर्डिङ बोर्डहरु राख्ने काम भईरहेको छ । बजारकोे विभिन्न स्थानमा होर्डिङ बोर्डहरु राखीएका छन् । हर्न निष्ोधित क्षेत्र घोषणा गरेपनि प्रभावकारी हुन नसकेको जनगुनासो आउन थालेपछि कार्यान्वयन पक्षलाई व्यवस्थित गर्न लागीएको तुलसीपुर ५ वडा समितिको कार्यालयले जनाएको छ ।

ठुला साना होर्डिङ बोर्ड गरी अहिले बजारको आधा दर्जन बढि स्थानमा बोर्डहरु राखीएको वडा नं ५ का वडा सदस्य अजय बुढाथोकीले जानकारी दिएका छन् । विस्तारै हाँकौ, हर्न निषेध लेखीएका चेतनामुलक होर्डिङ बोर्डहरु राख्न सुरु गरीएको छ । तुलसीपुरको सल्यानरोड, नयाँबसपार्क र बाहिनीचोकमा ठुला होर्डिङ बोर्डहरु राखीएको छ् ।

साथै वडा कार्यालयले टा«फिक सचेतनाका लागी भिडियो प्रर्दशन तथा विभिन्न जनचेतनामुलक कार्यक्रम गर्ने योजना रहेको पनि वडा सदस्य वुढाथोकीले बताएका छन् । बजारलाई कोलाहल र ध्वनी प्रर्दुषण मुक्त बनाउन साउन १ गतेबाट हर्न निषेधित क्षेत्र घोषणा गरीएको थियो ।।

प्रकाशित मिति : २०७५ बैशाख १६ गते आइतवार
प्रतिक्रिया