तुलसीपुर, १५ बैशाख
‘दिगो विकासका लागि पशु चिकित्सा, जिविकोपार्जन र खाद्य सुरक्षा’ भन्ने नारा सहित तुलसीपुरमा विश्व भेटेरीनरी दिवस मनाइएको छ ।
तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिका अन्तर्गत पशु सेवा शाखा तुलसीपुरको आयोजनामा उक्त दिवस मनाइएको हो । सो अवसरमा ¥याली समेत निकालिएको थियो । पुश सेवा शाखा कार्यालयबाट सुरु भएको ¥यालीले बजारका भिन्न भाग परिक्रमा गरेको थियो । ¥यालीमा करिब एक सयको हाराहारीमा घारलद्दी र पशु चिकित्सक, भेटनरी पढ्दै गरेका विद्यार्थीको सहभागीता रहेको थियो ।
तुलसीपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताले कृषी पेशालाई आधुनिकीकरण गर्नु पर्नेमा जोड दिएका थिए ।
परम्परागत रुपमा गर्दै आएको पशुपलन, कृषी, पेशा र व्यवसायलाई परिवर्तन गरी अब आधुनिकीकरण गर्नु पर्ने बताएका थिए । त्यसैगरी उनिहरुले स्वास्थ्य राम्रो हुनका लागि उपभोग्य वस्तु गुणस्तरीय हुन आवश्यक रहेको भन्दै उनिहरुले खाद्यको गुणस्तरमा कमी आउन नदिन र उपभोग्ययुक्त वनाउन नियमित रुपमा अनगुमण गर्नु पर्नेमा जोड दिएका थिए ।
सो अवसरमा जिल्ला पशु सेवा कार्यालय दाङका डा.चन्द्र बहादुर राना, व्यवसायी रमन मीश्र, पशु सेवा शाखा कार्यालय तुलसीपुरका प्रमुख सुदाम भट्ट, सुवास आचार्य, राष्ट्रिय समाचार समितिकाका प्रमुख नारायणी रजौरे लगायतले बोलेका थिए । सो अवसरमा घोरलद्दी किसानलाई दाना समेत वितरण गरिएको थियो ।