सुर्खेत, वैशाख १५ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले अर्काको मुख ताकेर कर्णालीको विकास गर्न नसकिने वताउनुभएको छ । आफुले काम नगर्ने र अर्कालाई दोष दिने प्रवृत्ति रहेको चर्चा गर्दै मुख्यमन्त्री शाहीले कर्णालीको विकासका कर्णालीकै जनता जाग्नुपर्ने वताउनुभयो ।
कर्णाली एकिकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किडाक)ले शनिवार सुर्खेतमा आयोजना गरेको कर्णाली सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले विदेशीका कारण कर्णालीको विकास भएन भन्ने धारणा हटाउनुपर्ने विचार व्यक्त गर्नुभयो । विहान सडक सरसफाई कार्यक्रममा सहभागि भई सम्मेलनको उद्घाटन गर्न पुग्नुभएका मुख्यमन्त्री शाहीले श्रमप्रति सम्मान गर्ने भावनाको विकास गर्न प्रदेश सरकारले हरेक महिनाको १ र १५ गतेलाई श्रमदिनका रुपमा मनाउन थालेको जानकारी दिनुभयो ।
सडकमै ज्ञापन पत्र
यसैविच मुख्यमन्त्री शाहीले सडकमै ज्ञापन पत्र वुझनुभएको छ । सडक सरसफाईमा व्यस्त रहनुभएका मुख्यमन्त्री शाहीले गृहजिल्लावाट आएको तिला कर्णाली वहुमुखी क्याम्पसको ज्ञापन पत्र सडकमै वुझनुभएको हो । ज्ञापन पत्र वुझदै मुख्यमन्त्री शाहीले भन्नुभयो– ‘कार्यपद्धतीमा परिवर्तन जरुरी छ, काम गर्नका लागि औपचारिकता जरुरी नभएको वताउनुभयो ।’
क्याम्पस प्रमुख रुद्रप्रसाद सापकोटा र स्ववियु अध्यक्ष भिमप्रसाद आचार्य नेतृत्वमा आएको टोलीले खेलमैदान निर्माण, १२ कोठे पक्की भवन निर्माण, क्याम्पस हाताको घेरवार निर्माण, खानेपानी व्यवस्था लगायतको माग गरेको थियो ।