तुलसीपुर, १५बैशाख
तुलसीपुर उपमहानगरपालिकाले खरको छानो भएकाहरुलाई जस्तापाता (टिन) वितरण गर्न सुरु गरेको छ । सुरक्षित आवासका लागि जस्तापाता अभियान अन्र्गत उपमहानगरपालिकाले पहिलो पटक वडा नम्बर १ बाट जस्तापाता विरतरण गर्न सुरु गरेको हो ।
शनिबार त्यहाँ एक कार्यक्रमको आयोजना गरेर तुलसीपुर उपहानगरपालिका मेयर घनश्याम पाण्डे र उपमेयर माया आचार्यले संयुक्त रुपमा खरको छानो भएका गरिब, विपन्न तथा आसाहय परिवारलाई जस्तापाता हस्तान्तरण गरेर अभियानको सुरुवात गर्नुभएको हो । हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर पाण्डेले निर्वाचनको समयमा खरको छानो भएकालाई जस्तापाता दिने आफनो चुनावी प्रतिवद्धता पुरा गर्ने क्रममा रहेको बताउनुभयो ।
यस बर्ष पाँच सय खरको छानो भएका घरमा जस्तापाता लागउने बताउदै मेयर पाण्डेले गरिबको पहिचान देखाउने खरको छानोलाई प्रतिस्थापन गरेर सम्वृद्धिको अभिानको सुरुवात गर्ने बताउनुभयो । खरको छानो भएका घरहरु हावाहुरी, पानी, आगोबाट बढि जोखिममा रहेको भन्दै अबको पाँच बर्षमा उपमहानगरपालिकाई टिनको छानोयुक्त बनाउने बताउनुभयो । वडा अध्यक्ष लक्ष्मण भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर माया आचार्य, वडा सदस्य राधिका न्यौपाने, शिक्षक प्रेम नेपाली लगाएतले बोलेका थिए । वडामा २० जनालाई जस्तापातावितरण गरिएको थियो ।