छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चार जनाको मृत्यु

काठमाडौँ,१६ बैशाख । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउँपालिका २ छिसखोलास्थित सडकमा लु.२ ख ८७४ नम्बरको टिपरले लु।१७ प १५२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिई शनिबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक रैनादेबी छहरा गाउँपालिका- बस्ने ४३ वर्षीय जग बहादुर बलालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै,कञ्चनपुरको पुनर्वास नगरपालिका-१० दोदास्थित सडकमा आइसक्रिम बेच्ने साइकल अनियन्त्रित भई सडकबाट करिब ६ फिट तल खसेर शनिबार बेलुकी दुर्घटना हुँदा साइकल चालक कैलाली धनगढी उपमहानगरपालिका-१५ बस्ने ३० वर्षीय नारद रानाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उनको मृत्यु भएको हो ।

यसै गरी रामेछापको मन्थली नगरपालिका-१ हाटेचौरस्थित सडकमा मन्थलीबाट तिनलालपार्कतर्फ जाँदै गरेको बा।७२ प ९१७२ नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-१ बस्ने ३५ वर्षीया सरस्वती माझीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको मन्थली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै,गुल्मीको सत्यवती गाउँपालिका-४ मौरीओडारस्थित सडकमा रूद्रवेणीबाट लिम्घातर्फ जाँदै गरेको लु।१ च ४३२० नम्बरको पिकअप गाडी सडकबाट करिब ४० मिटर तल खसेर शनिबार राति दुर्घटना हुँदा पिकअपमा सवार सोही गाउँपालिका-४ बस्ने ७५ वर्षीय मन बहादुर फुम्जालीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र जोहाङमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका पिकअपमा सवार ३ जनालाई मिसन अस्पताल पाल्पा र ५ जनालाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र जोहाङ पठाइएको छ भने ३ जना उपचार पश्चात् डिस्चार्ज भएका छन् । पिकअप चालकलाई उपचार पश्चात प्रहरीले नियन्त्रणमा लिएको छ ।दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।।

प्रकाशित मिति : २०८१ बैशाख १६ गते आइतवार
प्रतिक्रिया